आदर्श सञ्चार, पोखरा
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले नेतृत्व निर्माण, सामाजिक रुपान्तरण र व्यवस्थापनमा जेसिजको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
पोखरा लेडिज जेसिजले ३७ औँ वर्षगाँठको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पाठले यस्तो बताउनु भएको हो ।
मन्त्री पाठकले युवाको क्षमता वृद्धि र नेतृत्व निर्माणमा जेसिजले खेलेको भूमिकाकै कारण युुवाहरुको जेसिजप्रति आकर्षण बढेको बताउनु भयो ।
पोखरा लेडिज जेसिसले सामाजिक क्षेत्रमा गर्दै आएको सत्कर्मबाट आफू निकै प्रभावित भएको भन्दै जेसिजका यस प्रकारका सामाजिक काममा सरकारको सहयोग समेत रहने उहाँले उल्लेख गर्नु भयो ।
नेपालका पुराना जेसिज मध्येमा गणना गरिने पोखरा लेडिज जेसिजले यही २०८२ साल जेष्ठ १० गते देखि २०८२ साल जेष्ठ १६ गतेसम्म विविध कार्यक्रम साथ ३७ औँ वार्षिक उत्सव कार्यक्रम मनाउन लागि रहेको छ ।
पोखरा लेडिज जेसिजका अध्यक्ष अनिता थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले समाजमा लेडिज जेसिजले खेलेको भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो ।