धौलागिरी अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया शिविर

आदर्श सञ्चार, बागलुङ
धौलागिरी प्रादेशिक अस्पताल बागलुङले पहिलोपटक अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिर्या थालेको छ । अस्पतालमा आइतबारदेखि दुइ दिने निशुल्क मोतियाबिन्दुको शल्यक्रिर्या शिविर शुरु भएको हो ।

शिविरमा मोतियाबिन्दु भएका ८० जना बिरामीका लागि निशुल्क शल्यक्रिया गरिने अस्पताल व्यवस्थापन समितिका अधयक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।
अस्पतालले नेपाल नेत्रज्योती संघ, धौलागिरि आँखा अस्पताल र पोखरास्थित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरेको हो । शिविरमा चार स्थानबाट आँखा परिक्ष पश्चात रिफर भएर आएका बिरामीको शल्यक्रिर्या थालिएको छ ।

आँखा रोग बिशेषज्ञ डा. नारायणी भट्टराई रोकाको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिर्या गर्ने छ । आइतबार बिहान अस्पतालका पुर्व अध्यक्ष देबबहादुर श्रेष्ठले शिविरको उद्घाटन गर्नुभएको थियो । उहाँले अस्पतालले पहिलोपटक आँखाको शल्यक्रिर्या थालेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमरबहादुर थापाले आँखा मानवको महत्वपुर्ण अंग भएपनि नियमित उपचारमा हामीले ध्यान नदिंदा अप्ठ्यारो परेपछि मात्र उपचारमा जाने प्रवृत्तिले धेरैमा समस्या आएको बताउनभयो ।

कार्यक्रममा नेत्रज्योती संघका अध्यक्ष बिन्दुसागर राजभण्डारी, पूर्व अध्यक्ष धु्रब बहादुर केसी, अस्पतालका पूर्व अध्यक्ष केवी राना, अस्पतालका निमित्त मेडिल सुपरीटेण्डेन्ट डा. शंकरराज लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अस्पतालका सूचना अधिकारी शान्ति पौडेलले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्