जिल्ला न्यायाधीशको विदेश भ्रमणले रोकिया अदालती काम

आदर्श सञ्चार, म्याग्दी
जिल्ला अदालत म्याग्दी एक महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश प्रकाश प्रसाद पण्डित वैदेशीक भ्रमणमा निस्केपछि जिल्ला अदालत म्याग्दीको न्याय सम्पादन प्रभावित भएको हो ।

जिल्ला अदालत म्याग्दीमा १ जना न्यायाधीशको दरबन्दी रहेको छ । दरबन्दी अनुसार कार्यरत न्यायाधीश पण्डित बैशाख १० गते देखि बिदामा हुनुहुन्छ । उहाँको बिदा असार १५ गते सम्मका लागि स्वीकृत भएको र विदेश भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्याय सम्पादनका कामहरू प्रभावित भएका छन् ।

न्यायाधीश नहुँदा स्रेस्तेदारले थुनछेक आदेश गरेका मुद्दाहरू न्यायाधीशले पुनर्विचार गर्नुपर्ने हुन्छ । न्यायाधीशले पुनर्विचार गरे मात्र पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छुट्ने पुनरावेदन गर्ने लगायत अन्य प्रक्रियामा जान पाउने हुन्छ ।

न्यायाधीश नहुँदा यस्ता थुप्रै मुद्दाहरू रोकिएका मयग्दी जिल्ला अदालत बार एसोसिएसन उपाध्यक्ष डण्डपाणी पराजुलीले बताउनुभयो । फैसला प्रक्रिया अगाडि बढेर पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा रोकिएर थप थुनामा बस्नुपर्ने बाध्यता भएको उहाँको भनाई छ ।

न्यायाधीश नहुँदा मुद्दा पक्षले हप्ताका हप्ता तारिख लगाउने मात्र काम भएको छ भने अन्य प्रक्रिया नै अगाडि बढ्न सकेको छैन । वर्षातको शुरुआत भै सकेको अवस्थामा म्याग्दी भौगोलिक रूपमा दुर्गम बाटोघाटो बन्द हुने समस्या पनि सृजना हुन सक्छन् ।

हप्ताको हप्ता तारिख लगाउन आउँदा मुद्दा पक्षलाई झन् समस्या सृजना भएको छ । बैशाख १० देखि शुरु भएका बिदा अनि विदेश भ्रमणमा रहेका न्यायाधीश आउन अझै एक महिना भन्दा बढी समय लाग्छ तर आउने नआउने टुंगै हुदैन वारका उपाध्यक्ष पराजुलीले बताउनुभयो । विभिन्न शीर्षक मुद्दाका पक्षसँग बुझ्दा फैसलाका लागि पेशीमा चढेका मुद्दा न्यायाधीश नहुँदा फैसला सर्दा समस्या भएको छ ।

जिल्ला अदालत म्याग्दीमा आर्थिक वर्ष २०८०÷०८१ कुल १३० वटा जिम्मेवारी सरेको नयाँ दर्ता चार सय ६१ गरी जम्मा पाँच सय ९३ मुद्दा लगत रहेकोमा चार सय ८३ फछ्र्यौट भएर एक सय १० वटा मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको एक सय १० र नयाँ दर्ता तीन सय ७७ गरी कुल चार सय ८७ चालु आर्थिक वर्षको हाल सम्मको लगत रहेको छ । हाल सम्म कल तीन सय ४९ मुद्दा फछ्र्यौट भएर एक सय ३८ मद्दा बाँकी रहेको जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले कास्कीका न्यायाधीश कृष्णजंग साहलार्ई एक महिनाको लागि म्याग्दीमा काज खटाएको भेनर पत्र प्राप्त भएको भए पनि न्यायाधिश भने आइन नसकेको जिल्ला अदालतले जनाएको छ ।

यो पनि पढ्नुहोस्