प्रेस युनियनको स्थापना दिवसमा दीप प्रज्वलन

आदर्श सञ्चार, बागलुङ
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा बागलुङमा दीप प्रज्वलन गरिएको छ । नेपाल प्रेस युनियन बागलुङको आयोजनामा मंगलबार साँझ बागलुङको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय परामर्श समिति सदस्य एवं बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्यले लोकतन्त्रको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहने बताउनुभयाे ।

‘नेपालको हरेक परिवर्तनका आन्दोलनमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको छ,’उहाँले भन्नुभयाे,‘अहिले लोकतन्त्र विरोधीहरु सल्बलाउन खोजेको देखिन्छ । लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पनि प्रेस जगतले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

नेपाल प्रेस युनियन देशकै पत्रकारको पेशागत संगठनमा अग्रणी संस्था भएकाले पत्रकारितालाई सही बाटोमा डो¥याउनका लागि युनियनले भूमिका खेल्नुपर्ने बताउनुभयाे । ‘अगुवा संगठनको हिसाबले प्रेस युनियनको नेपालको पत्रकारिता क्षेत्रलाई सही गन्तव्यमा पु¥याउने भूमिका खेल्नुपर्छ,’उहाँले भन्नुभयाे,‘पेशागत मर्यादा र स्वतन्त्रताका लागि युनियनको भूमिका महत्वपूर्ण रहनेछ ।’

समाजलाई सत्मार्गमा डो¥याउनका लागि पत्रकारले भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो । नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष उषा पौडेल र सञ्चालन सचिव डम्मर बुढामगरले गर्नुभएकाे थियाे । स्थापना दिवसको अवसरमा बुधबार बिहान नेपाल पत्रकार महासंघ बागलुङका र पत्रकार सम्बद्ध संघ संगठनका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको छ ।

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रूपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेको हो । श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।

स्थापनाकालदेखि नै यसले पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको छ । यसको उत्पत्ती नै ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । ट्रेड युनियन संसारका सम्पूर्ण श्रमजीवीहरूको संरक्षणको केन्द्र हो । ट्रेड युनियन कुनै औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरु मात्र नभई सबैखाले काम गरेर जीविकोपार्जन गर्ने शिक्षक, कर्मचारी, किसान, पत्रकारहरूको हकहित संरक्षण ट्रेड युनियनवाद भित्र अन्तरनिहीत छ ।

नेपालका सञ्चारकर्मीहरूलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । लोकतन्त्रलाई संस्थागत गर्दै श्रमजीवीका हकहितमा आवाज उठाउने उद्देश्यका साथ स्थापना गरिएको नेपाल प्रेस युनियनले स्थापनाकालदेखि नै आफ्नो उद्देश्य प्राप्तीका लागि सङ्घर्ष गर्दै आएको छ । बागलुङमा विक्रम संवत २०५६ सालमा प्रेस युनियन जिल्ला शाखा स्थापना भएको हो ।

तत्कालिन संस्थापक अध्यक्ष धिरप्रताप सिंह, जगन्नाथ आचार्य, स्वर्गीय दुर्गादत्त आचार्य लगायतका अग्रजहरुले बागलुङमा प्रेस युनियनको जग बसालेका थिए । बागलुङमा नेपाल पत्रकार महासंघको शाखा भन्दा पहिले नेपाल प्रेस युनियन स्थापना भएर यहाँको पत्रकार र पत्रकारिता क्षेत्रको शिरवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

यो पनि पढ्नुहोस्