कृष्ण सेनको स्मृतिमा आश्रमलाई खाद्यन्न

आदर्श सञ्चार, बागलुङ
प्रेस सेन्टर नेपाल बागलुङ शाखाले शहीद कृष्ण सेन ‘‘इच्छुक’ को २३ औँ स्मृति दिवसमा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मंगलबार प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारीले मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो ।

दश हजार बराबरको खाद्यान्न प्रेस सेन्टर नेपाल बागलुङकी अध्यक्ष सरिता खत्री र कोषाध्यक्ष दिलिप पर्तेलले आफनो जन्म दिनको उपलक्ष्यमा उपलब्ध गराएका हुन् । कार्यक्रममा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी र मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङ शाखाका उपाध्यक्ष अनिष खातीको अध्यक्षता, कोषाध्यक्ष दिलिप पर्तेलको स्वागत र सचिव विनोद थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा प्रहरीले २०५९ जेठ १३ गते पत्रकार कृष्ण सेनको हत्या गरेको थियो । उनको हत्या भएको दिन हरेक वर्षको जेठ १३ गतेलाई प्रेस सेन्टरले ईच्छुक स्मृति दिवसको रुपमा मनाउने गरेको छ ।

यो पनि पढ्नुहोस्