सम्बोधन परियोजनाको पत्रकारसंग अन्तरक्रिर्या

आदर्श सञ्चार, बागलुङ
नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङ अन्र्तगत फेयरमेडको सम्बोधन परियोजनाले बागलुङका क्रिर्याशिल पत्रकारसंग अन्तरक्रिर्या गरेको छ ।
२०७५ सालदेखि बागलुङमा शुरु भएको फेयरमेड परियोजना चालु आर्थिक वर्षदेखि नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङ अन्र्तगत रहेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ ।

दुर दराजमा स्वास्थ्य सचेतना, प्रशोगशाला स्थापना, उपकरण, प्रसुती प्रतिक्षघर, गाउँघर क्लिनक र बर्थिङ सेन्टर स्थापना र स्तरोन्नती गरिरहेको सम्बोधन परियोजनाले चालु आर्थिक वर्षमा एक करोड ९६ लाख बजेट विनियोजन गरेर काम गरिरहेको छ ।

परियोजनाका टिम लिडर गणेश बरुवालका अनुसार अपाङ्गतालाई सहायता, सिपमुलक तालिम तथा बिउँपूजीको समेत परियोजनाले सहयोग गर्दै आएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा पालिकाको सहकार्यमा गरिएको कार्यक्रमले दीगोपनामा सघाएको बताउदै स्वास्थ्य क्षेत्रमा बागलुङले फड्को मारेको बताउनुभयो ।
यस्तै बागलुङका १० वटै पालिकाको सहकार्यमा विभिन्न स्वास्थ्यका कार्यहरु गर्दै आएको बरुवालले जानकारी दिनुभयो । परियोजनाले १० वटै पालिकामा सहजकर्तामार्फत स्वास्थ्य संस्था सुधार, शुन्य होम डेलीभरीको अभियान चलाइरहेको सम्बोधन परियोजनाका संयोजक विष्णु सुवेदीले जानकारी दिनुभयो ।

यस्तै परियोजना र आम सर्वसाधरणलाई प्रभाव पार्ने कथाको विषयमा परियोजनाका सुजन पौडेलले पत्रकारलाई जानकारी गराउनुभएको थियो । उहाँले समाजलाई सकरात्मक प्रभाव पार्ने खोजमुलक समाचारको प्रभावकारीताको विषयमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङका अध्यक्ष याम कँडेलको अध्यक्षता, पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाको मन्तव्य तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङका कार्यक्रम व्यवस्थापक  ममिता पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्