आदर्श सञ्चार, बागलुङ
नेपाल बजार बिक्री प्रतिनिधि संघको २५ औं स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका–४ उपल्लाचौर स्थित बौद्दिक अपाङ्गता भएका विद्यार्थीलाई भोजन अर्पण गरिएको छ ।
बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई संघको स्थापना दिवसको अवसरमा भोजन अर्पण गरिएको हो ।
कार्यक्रममा बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले बौद्दिक अपाङ्गता भएका विद्यार्थीलाई विभिन्न निकायको सहयोगले राहत मिलेको बताउनुभयो । उहाँले अन्य विद्यार्थी भन्दा बौद्दिक अपाङ्गता भएका विद्यार्थीलाइ पठनपाठन गराउन र हेरचाह गर्न निकै कठिन रहेको बताउनुभयो । उहाँले आवासीय सहितको शैक्षिक सेवा दिइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक युक्तजंग रानजभण्डारीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रम नेपाल बजार बिक्री प्रतिनिधि संघ बागलुङका अध्यक्ष दिनेश गौतमको अधयक्षता, आकाश रेग्मीको स्वागत तथा जयन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।