मन कुमारी केसी, बागलुङ
‘कानुनको प्रभावकारी कार्यान्वयन गरौँ, जातिय भेदभावको अन्त्य गरौँ’ भन्ने नाराका साथ बागलुङमा जातीय भेदभाव तथा छुवाछुत अन्मूलन राष्ट्रिय दिवस मनाईएको छ । बागलुङ नगरपालिका र संयुक्त राजनैतिक दलित संघर्ष समिति बागलुङको संयुक्त आयोजनामा छुवाछुत मुक्त राष्ट्र घोषणा र कार्यान्वयनका सवालमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले कानुन बन्दैमा छुवाछुतको अन्त्य नहुने बताउनु भएको छ । उहाँले वर्षाैदेखि चलिआएको प्रथाको अन्त्यका लागि समय लाग्ने बताउनु भयो । कार्यक्रममा जिल्ला अदालत बागलुङका न्यायाधिश रमेशकान्त अधिकारी, वडा नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल, नेपाली काङग्रेसका तर्फबाट सिताराम रसाईली, नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेकपा माओवादी केन्द्रका तर्फबाट राजिव घिमिरे, राष्ट्रिय जनमोर्चा बागलुङका थानेश्वर सुवेदी, नेपाल कम्युनिष्ट पार्टीका टेकबहादुर केसी आजाद, नेपाल महिला संघका शकुन्तला शर्मा, व्रमाकुमारी ईश्वरिय विश्व विद्यालय बागलुङका सावित्री बराल लगाएतले बोल्नु भएको थियो ।
संयुक्त राजनैतिक दलित संघर्ष समिति बागलुङका अध्यक्ष टिकाकुमारी विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत धनप्रसाद पोखरलले स्वागत गर्नु भएको थियो । विषयवस्तु र उद्देश्य माथी दलित अधिकारकर्मी धनबहादुर परियारले प्रकाश पार्नु भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय बागलुङका न्याधिवक्ता पूर्णप्रसाद शर्माले नेपालको दलित अधिकारका सम्बन्धमा संवैधानिक र कानुनी व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्यले गर्नु भएको थियो ।