राष्ट्रपति रनिङ शिल्ड खेल्ने खेलाडीको बिदाइ

आदर्श सञ्चार, म्याग्दी

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडी तथा प्रशिक्षकलाई म्याग्दीबाट बिदाइ गरीएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन जाने खेलाडीलाई आइतबार बिहान बिदाइ गर्नुभएको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजनामा गोरखामा २६ र २७ जेठमा हुने राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागिताका लागि म्याग्दीबाट उसु खेलमा १२, तेक्वान्दोमा १२, कराँतेमा १२ गरी मार्सलआर्ट तर्फ ३६ जना सहभागी हुँदै छन् ।

त्यसैगरी एथलेटिक्समा, भलिबल र कबड्डीमा गरी ५८ जना खेलाडी तथा टिम प्रशिक्षक र व्यवस्थापक समेत एक सय छ जनालाई बिदाइ गरीएको हो । खेलाडीहरुले कुनै पनि अवाञ्छीत गतिविधि गरेको खण्डमा उचित कार्वाहीका लागि खेलकुद पछि नहट्ने भएकोले खेल प्रति अनुशासन र आफ्नो लगाबमा ध्यान दिनु पर्नेमा उहाँको जोड थियो ।

बिदाइ कार्यक्रममा खेल संघका पदाधिकारीहरुको समेत सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका नगेन्द्र ठकुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो सबै खेलाडीहरुका लागि आवश्यक यातायात तथा खानपानको व्यवस्था समेतका लागि आवश्यक प्रवन्ध बेनीबाटै मिलाएर पठाइएको छ ।

खेलाडीमा खेल अनुसासन र आफ्नो खेलप्रतिको प्रतिबद्धताका लागि पनि अध्यक्षले सचेत गराउनु भएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्