चालकको स्वास्थ्य परीक्षण

आदर्श सञ्चार, म्याग्दी
ट्राफिक सप्ताह–२०८२ को अवसरमा बेनी बजारको कालीपुल बसपार्क क्षेत्रमा सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ ।

‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मुल नाराका साथ २५ जेठ देखि ट्राफिक सप्ताह सुरु भएको थियो । ट्राफिक सप्तहकै अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको स्वास्थ्य परीक्षणमा एक सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।

सवारी चालक तथा परीचालक तथा सर्वसाधारणहरुले स्वास्थ्य परीक्षणको सेवा लिएको ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख बरिष्ठ सइ राजकुमार केसीले जानकारी दिनुभयो । जेठ २५ देखि शुरु भएको ट्राफिक सप्ताह ३१ जेठमा समापन हुने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्