आदर्श सञ्चार, बागलुङ
गलकोट समाज जापान कान्साईले जुन १४ र १५ तारिख ओसाकामा गर्न लागेको नेपाल महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारि दिएको । सिन ओसाकाको कोको प्लाजामा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । कार्यक्रमका लागि कलाकारहरू जापान आइपुगिसक्नुभएको छ।
नेपाल महोत्सवमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ ।नेपालको भेषभुषा, कला, साहित्य, संस्कार, संस्कृति, सभ्यता सहित प्राकृतिक, धार्मिक, पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी गर्न लागिएको नेपाल महोत्सवमा लोक संगीतका सदाबहार गायक तथा सर्जक विष्णु खत्री, लोकप्रिय लोक गायक रामचन्द्र चन्द, लोकगायक विक्रम परियार, गायिका तथा सञ्चारकर्मी अनिता चलाउने लगायतको भव्य प्रस्तुति रहने महोत्सवका कार्यक्रम संयोजक सुमित खत्रीले जानकारी दिनु भयो । देशदेखि विदेशसम्म दर्शकको अत्याधिक मागमा परेका दुश्मन हेरेको हेरैका गायक अनि नायक थापाले जापानमा भने ओसाकामा गलकोट समाज जापान कानसाइद्धारा आयोजना गरिन लागिएको नेपाल महोत्सव २०२५ पहिलो पटक आफ्नो धमाकेदार प्रस्तुति दिन लागेको महोत्सवका सांस्कृतिक संयोजक तथा गलकोट समाज जापानका सचिव कुलबिर थापाले जानकारी दिनुभयो।
कार्यक्रममा उक्त दिन ”२०२५ ओसाका बाम्पाकु मोरीआगेताइ इ एस एस इ पिसफुल क्रु समुह (2025 大阪・関西万博もりあげ隊 ESSE Peaceful Crew)नामको समूहका जापानी सँगसँगै नेपाली कलाकारहरूले जापानी सँगसँगै नेपाली गीतमा पनि नृत्यको प्रस्तुति रहने बताइएको छ। गरिब झुपडीका गीतदेखि पाका मन मनका भावनाहरुलाई गीत संगीतमा उनेर कहिले रुवाउने त कहिले सामाजिक सन्देश दिने साथै जनताका भावनालाई गीत संगीतमा साट्दै आएका चर्चित एवम् सदाबहार गायक विष्णु खत्रीले फेरि एकपटक जापानमा भरिया दाइले बिसाउने भारी लगायतका भाकाहरुले नेपाल महोत्सवमार्फत ओसाका गुञ्जायमान बनाउने भएका छन्।
नेपालको मौलिक रहन सहन तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरि जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउनुका साथै नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन सहयोग पुर्याउन टेवा दिने ध्येयका साथ गरिन लागेको उक्त नेपाल महोत्सव २०२५ मा नेपाली लोक गीत संगीतलाई एक उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिएका रामचन्द्र चन्द, युवा पुस्ताका लोक गायक विक्रम परियारले दिने प्रस्तुतिले महोत्सवको रौनक नै फरक हुने अपेक्षा जापानको ओसाकाबासी नेपालीले गरेको आयोजकको भनाई छ।
फुटेका चुरामार्फत आफुलाई संगीतको नक्षत्रमा देखिएकी गायिका तथा यसै क्षेत्रसँग रहेर सञ्चार कर्ममा समेत भलाकुसारी गर्दै आएकी अनिता चलाउनेले समेत जापानमा दिने प्रस्तुतिले छुट्टै पहिचान बनाउने विश्वास समेत महोत्सव आयोजकले लिएको छ। महोत्सवमा नेपालका चर्चित कलाकारहरुको साथमा जापानमा रहेर गीतसंगीतमा लागिरहेका कलाकार तथा नवोदित कलाकारहरुको समेत प्रस्तुति रहने छ।