खेलाडी पर्वतारोही एभिन्युज खबरका पत्रकार सहित समाजसेवी सम्मानित

 

आदर्श सञ्चार, बागलुङ

जेठ ३१ चन्द्रागिरिकाे “सान, कला र संस्कृति हाम्रो पहिचान” भन्ने नाराका साथ स्थापना भएको चन्द्रागिरि नृत्य कलाकर्मी संघको आयोजनामा “खेलाडी, पर्वतारोही, मिडियाकर्मी र समाजसेवी सम्मान–२०८२” कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ।

काठमाडौँको चन्द्रागिरिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। नेपाली कला, र संस्कृतिकाे क्षेत्रमा , पत्रकारिताकाे माध्यम बाट महत्त्वपूर्ण भुमिका निभाएकाे भन्दै एभिन्युज खबरका संवाददाता राजेशचन्द्र राजभण्डारी लगायत चन्द्रागिरि बाट संचालित मिडिया कर्मिहरूलाई सम्मानपत्र बाट सम्मान गरिएको थियो ।

समाजसेवा र खेलकुद क्षेत्रलाई सशक्त बनाउन योगदान दिने व्यक्तिहरूको पहिचान र प्रेरणाका लागि संघले चन्द्रागिरि नगरपालिका वडा नम्बर १ देखि १५ सम्मका राष्ट्रिय खेलाडीहरूलाई सम्मान गरेको थियोे । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा आफ्नो ठाउँ चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने खेलाडी संचारकर्मि सगरमाथा चढ्ने आराेही लाई सम्मान गर्नु खुशी काे कुरा भएको भन्दै नगरपालिकाले पनि आगामी दिनमा यस्तो कार्यक्रम गर्ने बताए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ, जसले समाजका लागि प्रेरणादायी काम गर्नेहरूलाई पहिचान गर्न र सम्मानित गर्न सकियोस् भन्ने अपेक्षा संघले गरेको छ ।

यो पनि पढ्नुहोस्