गण्डकीको बजेट करिब ३२ अर्ब (पूर्णपाठसहित)

आदर्श सञ्चार, बागलुङ
आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले  ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार र पूँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार छ । वित्तीय व्यवस्थातर्फ २५ करोड  विनियोजित भएको छ । अर्थमन्त्री डा. टकराज गुरुङले पेश गरेको बजेटमा आगामी वर्ष रू १ करोड ५४ लाख ५२ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ मा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख प्राप्त हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख प्राप्त हुने अनुमान सरकारको छ ।समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख र विशेष अनुदानतर्फ ४९ करोड ८६ लाख प्राप्त हुने अनुमान गरिएको बजेट अर्थमन्त्री गुरुङले पेश गरे ।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार प्राप्त हुने अनुमान गरिएको अर्थमन्त्री गुरुङले बताए । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात २ अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने अनुमान सरकारको छ । यसरी न्यून हुने रकममध्ये १ अर्ब ७५ करोड आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाउने अर्थमन्त्री गुरुङले बताउनुभयाे ।

बजेटकाे पूर्णपाठ

यो पनि पढ्नुहोस्