जननिगरानी साप्ताहिकको आठौँ वार्षिकोत्सव सम्पन्न

आदर्श सञ्चार, बागलुङ
काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर थापाले सञ्चारमाध्यम सर्वसाधारण आवाज बन्नुपर्ने बताउनु भएको छ ।

गुहेली सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित जननिगरानी साप्ताहिकको आठौँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले सत्यतथ्य र खोजमुलक समाचार र सूचनाबाट जनतालाई समयमै सुसूचित गर्ने दायित्व सञ्चारजगतको भएको उहाँको भनाई थियो ।

स्थानीय तहलाई केन्द्रित गरेर काठेखोला गाउँपालिकाबाट प्रकाशन सुरु गरेको साप्ताहिक यतिबेला बागलुङ सदरमुकाम सहित जिल्लाभर कार्यक्षेत्र विस्तार गरेर काम गरिरहेको छ ।

आफु गाउँपालिकाको अध्यक्ष रहेको समयमा गाउँबाट सुरु भएको पत्रिका जिल्लाभर विस्तार भएर आम सर्वसाधारण माझ पुगेको विषय गौरवपूर्ण भएको भन्दै थापाले सञ्चारक्षेत्र निश्चित क्षेत्र, भूगोल र व्यक्तिभन्दा माथी उठेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुर्णबहादुर कार्की, काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका अध्यक्ष खड्क थापा, वडा नम्बर २ का अध्यक्ष विद्यापती शर्मा, कार्यपालिका सदस्य टिकासंगम विक, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष खिमबहादुर कार्कीको अध्यक्षता, कोषाध्यक्ष टिका शर्माको सञ्चालन र प्रबन्धक प्रसाद थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्