सहकारी स्तरीकरण ‘प्रोटेक्ट’ कार्यक्रम

आदर्श सञ्चार, पोखरा
सहकारी संस्थाहरुको स्तरीकरण र विकासका लागि पोखरामा एकदिने समिक्षा गोष्ठी सम्पन्न भएको छ । सराङ्गकोट बहुउद्देश्यीय संस्था लिमिटेड कास्कीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सहकारी संस्थालाई सक्षम सवल बनाउने मुख्य भूमिका रहने गरी सहकारी सञ्चालनको बारेमा छलफल भएको थियो ।

सहकारी स्तरीकरणका लागि कर्जा जोखिम गणना, कर्जा सुरक्षण व्यवस्था, बचत र व्याजको व्यवस्थापन, ऐन नियमको पालना शेयर सदस्यहरु प्रति जिम्मेवारी, पूँजीकोष, निस्कृय सदस्यलाई व्यवस्थापन स्थिर सम्पत्ति व्यवस्थापनमा सहकारीले गर्नु पर्ने कार्यहरुका बारेमा छलफल गरिएको राष्ट्रिय सहकारी र्बैक गण्डकी प्रदेश प्रमूख नरेश पाण्डेले बताउनु भयो ।

समिक्षा गोष्ठीमा राज्यका नीति अनुरुप राज्यको आर्थिक मेरुदण्डको मुख्य खम्बा रहेको सहकारीका कारण बजारमा आर्थिक चलायमान भइरहेको परिपेक्षमा केही सहकारीको कारण सिङ्गो सहकारी क्षेत्र प्रति नकारात्मक सोचलाई सकारात्मक बनाउनु आजको आवश्यकता रहेको निष्कर्ष सहकारीकर्मीहरुले निकालेका थिए ।

गोष्ठीमा प्रशिक्षक सुर्य प्रसाद रिमालले राष्ट्रिय सहकारी बैंक मार्फत सहकारी संस्थाहरुको अवस्था, प्रशिक्षण प्राविधिक शिक्ष सहित आवश्यकता अनुसार कर्जा प्रवाह समेत गरी सहकारीको स्तरीकरण गर्न देशैभर स्तरीकरण समिक्षा गोष्ठी गरिने बताउनु भएको थियो ।

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना सहकारीका अध्यक्ष गायत्री शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा संंस्थागत रुपमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाका प्रमूख कार्यकारी अधिकृत मोहन प्रसाद अधिकारीे, लेखनाथ सामुदायिक सहकारी संस्थाका प्रमूख कार्यकारी अधिकृत शंखर पौडेल, बुद्ध बचत तथा ऋण सहकारीका प्रमूख कार्यकारी अधिकृत नारायण तिवारी, जयलक्ष्मी बचत तथा ऋण सहकारीका प्रमूख कार्यकारी अधिकृत सुसिल के.सी., जय गणेश बचत तथा ऋण सहकारीका प्रमूख कार्यकारी अधिकृत अशोक बस्नेत, शुभकामना बहुउद्देश्यीय सहकारीका प्रमूख कार्यकारी अधिकृत मूर्ति मंगल रिमाल, उपकार बचत तथा ऋण सहकारीका प्रमूख कार्यकारी अधिकृत दिनेश तिवारी र सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका प्रमूख कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

गोष्ठीमा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमूख रुक्मत श्रेष्ठ, सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणी पौडेल, लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्