तीन वर्षमा म्याग्दीका १९६ व्यवसाय बन्द

आदर्श सञ्चार, म्याग्दी
म्याग्दीमा पछिल्लो तीन वर्षमा झण्डै दुई सय व्यवसायीले व्यवसाय बन्द गरेका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार एक सय ९६ व्यवसायीले व्यवसाय बन्द गरेका हुन् ।

कार्यालय प्रमुख अमृत प्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०७९/०८० मा उद्योगतर्फका १४ र वाणिज्यतर्फका २९, आर्थिक वर्ष २०८०/०८१ मा उद्योगतर्फका ३१ र वाणिज्यतर्फका ५३ र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उद्योग तर्फ २२ र वाणिज्य तर्फ ३६ व्यवसायहरु बन्द भएका हुन् ।

यस अवधिमा एक हजार ३२ नयाँ व्यवसाय दर्ता भएका छन् । उद्योगतर्फ ३३४ र वाणिज्यतर्फ ६९८ व्यवसाय दर्ता भएका छन् । तीन वर्षको अवधिमा एक हजार नौ सय ६८ व्यवसायीले फर्म नविकरण गरेका छन् ।

पर्यटन तथा उद्योग कार्यालयबाट पर्यटन सम्बन्धी ४९ योजनाहरु कार्यान्वयनमा गएका छन् ।

यो पनि पढ्नुहोस्