बागलुङ समाज जापान कान्साईको अध्यक्षमा कँडेल

आदर्श सञ्चार, बागलुङ
बागलुङ समाज जापान क्षेत्रीय समिति कान्साईको प्रथम अधिवेशनबाट संयोजकमा बेद प्रसाद कँडेल निर्वाचित हुनुभएको छ ।

समितिको उपसंयोजकमा राम थापा (नारायण), उपसंयोजक सुजन शर्मा, उपसंयोजक जीवन घर्ती, सचिवमा कुशल बोहोरा, सहसचिव दिनेश पौडेल, कोषाध्यक्षमा गोपाल कृष्ण सापकोटा र सहकोषध्यक्षमा अविरल के.सी. चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा शान्ति सापकोटा कंडेल, ज्योति सापकोटा आचार्य, शर्मिला आचार्य कंडेल र गणेश सिंजालि चयन हुनुभएको छ । थप तीन कार्यसमिति सदस्य पछि मनोतित गरिने छ ।

२०१६ मा जापान केन्द्र मा स्थापना भएको संस्था पहिलो पटक कान्साई क्षेत्र समिती बिस्तारमा अगाडी बढेको थियो ।

यो पनि पढ्नुहोस्