आदर्श सञ्चार, बागलुङ
गण्डकी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालको स्तरोन्नती गर्ने भएको छ ।
जेठ १२ गते बसेको मन्त्रीपरिषदको बैठकले प्रदेश मातहतका ९ वटा अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेसँगै प्रदेशका १३ वटा अस्पतालको स्तारेन्नती गरिने भएको स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिनु भयो ।
केही समय पहिले २ आयुर्वेद अस्पताल सहित ४ वटा अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको थियो । कानुनी र संरचनात्मक पक्रिया पुरा गरि १३ वटा अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिनुभयो । मन्त्री परिषद्को बैठकले कर्मचारी संरचना र शैया संख्या समेत निर्धाणर गरेको छ ।
हाल ५० शैया रहेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङको स्तरोन्नती पछि १०० शैया र ७८ कर्मचाी दरबन्दी वृद्धि गरेर ९९ पुर्याइएको छ । १५ शैया रहेको मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासीको स्तरोन्नती गरि १०० शैया र ३१ कर्मचारी दरबन्दी वृद्धि गरेर ९९ पुर्याइएको छ । २५ शैयाको जनरल तथा सरुवा रोग अस्पताल कास्कीको स्तरोन्नती गरि ५० शैया र ३० कर्मचारी दरबन्दीलाई वृद्धि गरि ६९ पुर्याइएको छ । २५ शैयाको मातृशिशु मितेरी अस्पताल पोखरा कास्कीको स्तरोन्नती गरि ५० शैया र ३८ कर्मचारी दरबन्दी वृद्धि गरेर ७९, १५ शैयाको प्रदेश अस्पताल दमौलीको स्तरोन्नती गरि ५० शैया पुर्याइएको छ ।
३० कर्मचारी दरबन्दी समेत वृद्धि गरेर ६९ पुर्याइएको छ । १५ शैयाका प्रदेश अस्पताल स्याङ्जा, पर्वत र प्रदेश अस्पताल आँपपिपल गोरखाको स्तरोन्नती गरि ५० शैया पुर्याउनुका साथै २३ कर्मचारी दरबन्दी वृद्धि गरेर ६९ पुर्याइएको छ । १५ शैया र १८ कर्मचारी दरबन्दी रहेको प्रदेश अस्पताल मनाङ र मुस्ताङको स्तरोन्नती गरि २५ शैया र कर्मचारी दरबन्दी ३९ पुर्याइएको छ । १५ शैया रहेको बागलुङको प्रदेश अस्पताल वुर्तिवाङको स्तरोन्नती गरि ५० शैया र १२ जना कर्मचारी दरबन्दी वृद्धि गरेर ६९ पुर्याइएको छ । धौलागिरि आयुर्वेद अस्पताल बागलुङ र गण्डकी आयुर्वेद अस्पतालको स्तरोन्नती गरि २५ शैया र २९ कर्मचारी दरबन्दी कायम गरिएको छ ।
अस्पतालमा कार्यरत कर्मचारीको तलब भत्ताको व्यवस्थापन आन्तरिक श्रोतबाट गरिएको हुँदा तत्कालका लागि मन्त्रालयमा आर्थिक भार नपर्ने बताइएको छ । मन्त्रीपरिषद वैठकले अस्पतालहको स्तरोन्नतीसँगै अस्पताल व्यवस्थापन समितिको आर्थिक कार्यविधि समेत स्विकृत गरेको छ । स्वीकृत कार्यविधि अनुसार अस्पताल व्यवस्थापन समितिहरुले अस्पतालहमा हुने आम्दानीलार्इ आफुखुसी खर्च गर्न नपाइने भएको छ ।
अस्पतालले वार्षिक कार्यक्रम तय गर्नुपर्ने र तय गरिएको वार्षिक कार्यक्रमलाई मन्त्रालयले स्वीकृत गरेपछि मात्र स्वीकृत कार्यक्रम भित्र रहेर अस्पताल व्यवस्थापन समितिले आम्दानीलाई खर्च गर्न पाउने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिनुभयो ।
आर्थिक कार्यविधिमा अस्पताल सुदृढिकरण कोषको समेत व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालय मातहत रहने उक्त कोषमा हरेक अस्पतालहरुले आफ्नो आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नु पर्ने छ । उक्त रकम प्रदेश अस्पताल तथा स्थानिय तह मातहत रहेका स्वास्थ्य संस्थाहरुको सुदृढिकरणमा मात्र खर्च गर्न सकिने व्यवस्था रहेको छ ।
स्वास्थ्यमन्त्री पाठकका अनुसार अहिले गण्डकी प्रदेश मातहात रहेका अस्पतालहरुको वार्षिक आम्दानी करिव ६७ करोड रहेको छ । स्तरोन्नती पश्चात आम्दानी बढेर जाने र खर्च कटौति गर्न सकिने अनुमान गरिएको छ ।
प्रदेश भित्र स्टाफनर्स, मिडवाइफरी, फार्मेसी र ल्याव लगाएतका स्वास्थ्य स्वास्थ्य सम्वन्धि प्राविधिक शिक्षा समेत प्रदेश अस्पतालहरु भित्र पढाउन सकिने बाटो खुलेको छ ।