नेपाल खेलकुद महासंघ बागलुङको अध्यक्षमा किशोर थापा

आदर्श सञ्चार, बागलुङ
नेपाल खेलकुद महासंघ बागलुङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले किशोर थापाको अध्यक्षतामा तेह्र सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा पुष्पा क्षत्री, सचिवमा योगेश अधिकारी, सहसचिवमा भिममाया पुन र जेनिसा रुचाल, कोषाध्यक्षमा एलिसा थापा चयन हुनु भएको छ । समितिको सदस्यमा निलेश श्रेष्ठ, युज्मा कार्की, निक्सन श्रेष्ठ, रविना रोका, चिरन्जिवी रिजाल, प्रदिप कुमार विक र रमेश राना चयन हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसीले खेलले मानिसलाई मर्यादित, जिम्मेवार र अनुशासित बनाउने बताउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य लाल थापा, बागलुङका सचिव गणेश थापा, सचिवालय सदस्य बाबुलाल शाक्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । अधिवेशन नेपाल खेलकुद महासंघका संयोजक तुलबहादुर थापाको अध्यक्षता र सह–संयोजक किशोर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्