डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय साइबर अपराधका घटना सम्बन्धी उजुरी पर्ने क्रम बढ्दै गएको छ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराध सम्बन्धी घटना बढ्दै गएका हुन् । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् ।
यो अवधिमा सबैभन्दा बढी कास्की जिल्लामा र सबैभन्दा कम मनाङ जिल्लामा उजुरी परेका छन् । कास्कीमा एक हजार ६८३ जना र मनाङमा तीन जनाले उजुरी दिएका छन् । नेपाल प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी निरीक्षक प्रकाश पौडेलका अनुसार कास्कीमा आर्थिक वर्ष २०७८/०७९ मा ११४ वटा, २०७९/०८० मा २३२ वटा, ०८०/०८१ मा ९३८ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ वटा मुद्धा परेका छन् ।
नवलपुर जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३१ वटा, ०७९/०८० मा ४४ वटा, ०८०/०८१ मा २०२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ वटा मुद्धा परका छन् । तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा १९ वटा, ०७९/०८० मा ५२ वटा, ०८०/०८१ मा १३७ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४१ वटा मुद्धा परको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
स्याङ्जा जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा २४ वटा, ०७९/०८० मा ३३ वटा, ०८०/०८१ मा ७३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २९ वटा मुद्धा परका छन् । बागलुङमा आर्थिक वर्ष २०७८/०७९ मा ९ वटा, ०७९/०८० मा ९ वटा, ०८०/०८१ मा ३५ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म२८ वटा मुद्धा परको उहाँले जानकारी दिनुभयो ।
गोरखा जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा १९ वटा, ०७९/०८० मा ११ वटा, ०८०/०८१ मा ६४ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्धा परका छन् । लमजुङमा जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा साइबर अपराध सम्बन्धी उजुरी परेको छैन, ०७९/०८० मा ४ वटा, ०८०/०८१ मा ७१ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २६ वटा मुद्धा परको पौडेल बताउनुहुन्छ ।
पर्वतमा आर्थिक वर्ष २०७८/०७९ मा १० वटा, ०७९/०८० मा १७ वटा, ०८०/०८१ मा ५२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ११ वटा मुद्धा परका छन् । म्याग्दी जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ६ वटा, ०७९/०८० मा ६ वटा, ०८०/०८१ मा ३६ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म२४ वटा मुद्धा परका छन् ।
मनाङमामा आर्थिक वर्ष २०७८/०७९ मा साइबर अपराध सम्बन्धी उजुरी परेको छैन, ०७९/०८० मा १ वटा, ०८०/०८१ मा १ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ वटा मुद्धा परको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
नेपाल प्रहरी प्रदेश कार्यालयमा २०७८/०७९ मा २ वटा, ०७९/०८० मा ३ वटा, ०८०/०८१ मा १३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा पनि मुद्धा नपरेको उहाँको भनाइ छ ।
सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता
गण्डकी प्रदेशमा साइबर अपराध सम्बन्धी सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता छन् । भने कम उजुर गर्नेमा ह्वाट्एफस प्रयोगकर्ता छन् । चार वर्षको अवधिमा दुई हजार ५४६ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएको छनु भने ७३ जना ह्वाट्एफसर प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक पौडेलका अनुसार १७७ जना टिकटक, ८१ जना इन्सटाग्राम ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी गरेका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा १९० जना, ०७९/०८० मा ३१३ जना, ०८०/०८२ मा एक हजार ५४२ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५०१ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा २५ जना, ०७९/०८० मा ४९ जना, ०८०/०८२ मा २९ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७५ जना टिकटक प्रयोगकर्ताले उजुरी दिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ६ जना, ०७९/०८० मा ३८ जना, ०८०/०८२ मा २० जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १७ जना इन्सटाग्राम प्रयोगकर्ताले उजुरी दिएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा ४ जना, ०७९/०८० मा ९ जना, ०८०/०८२ मा २१ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १९ जना ह्वाट्एफसर प्रयोगकर्ताले उजुरी दिएका छन् । चार वर्षमा ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले तयार गरेको तथ्याङ्क अनुसार सामाजिक सञ्जाल ह्याक सम्बन्धी बढी उजरी परेको छ । ह्याक सम्बन्धी एक हजार ८०६ जना, फेक आइडी सम्बन्धी ६७४ जना, ठगी सम्बन्धी ३४, गाली गलौज सम्बन्धी ११३ जना, अश्लिल गतिबिधि सम्बन्धी २०५ जना र अन्य साइबर अपराध सम्बन्धी ६८ वटा उजरी परेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा परेका ६६६ उजुरी मध्ये ४३० वटा फछ्र्यौट भएका छन् । २३६ उजुरी भने फछ्र्यौटका क्रममा रहेका छन् ।
सबैभन्दा बढी विद्यार्थी र युवा पीडित
प्रदेश प्रहरी कार्यालय गण्डकीको तथ्याङ्लाई हेर्दा साइबर अपराधबाट सबैभन्दा बढी विद्यार्थी र युवा पीडित भएको देखिन्छ । विद्यालय, कलेज, क्याम्पसमा पढ्ने उमेर समूहका विद्यार्थी र आफै केही गर्न सक्ने युवा साइबर अपराधबाट पीडित बनेको पाइन्छ । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म २६–३५ उमेर समूहका एक हजार ६१ जना पीडित भएका छन्
१६ वर्ष मुनीका ५८ जना, १६–२५ उमेर समूहका ८३६ जना पीडित भएका छन् । त्यस्तै ३६–४५ उमेर समूहका ६२७ जना, ४६–६० उमेर समूहका २६९ जना, ६० वर्ष माथिका ५४ जना र अन्य उमेर समूहका ४६ जना पीडित बनेका छन् ।
किन युवा पुस्ता बढी पीडित छन् ?
सामाजिक सञ्जालको प्रयोग गर्ने अधिकांश युवा पुस्ता छन् । उनीहरुले साइबर अपधार सम्बन्धी कानुनप्रति सचेत नहुँदा घटनाहरु हुने गरको अधिवक्ता राम शर्माले बताउनुभयो । साइबर अपराध न्यूनिकरणकाका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुन जरुरी रहेको बताउनुभयो । साइबर कानुन नेपालमा भएको हुँदा यसको कार्यान्वयन अलि प्रभावकारी हुन नसक्दा घटनाहरु हुने गरेको उहाँको भनाइ छ ।
शधिवक्ता शर्माले भन्नुभयो – “अहिले सामाजिक मर्यादाभन्दा बाहिर गएर तस्बिरहरु र भिडियो फोस्ट गर्ने प्रचलन जस्तो भयो, यसले स्वएमं व्यक्ति र समाजलाई पनि राम्रो गरेको छैन, मन मिल्दा केटा र केटी साथी बिच अश्लिल भिडियो र तस्बिर साटासाट गर्ने, पछि गएर खटपट भयो भने सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्दा साइबर अपराध बढेको देखिन्छ, हरेक नागरिक सचेत नभएसम्म यस्ता खालका अपराध न्यूनिकरण गर्न गाह्रो हुन्छ ।”
युवाहरुले मदिरा सेवान गरेर अर्धहोस भएको बेला सामाजिक सञ्जालमा अरुलाई गाली बेइजती गर्ने गरेको उहाँको भनाइ छ । चिनजानको आधारमा मोबाइल बैंकिङका पासवर्ड अरुलाई दिने र अपरिचित लिङ्क खोल्दा धेरैको फेसबुक ह्याक गरेर अश्लिल गतिबिधि गर्दा धेरै पीडित हुनु परेको शर्मा बताउनुहुन्छ ।
विगतमा मुलुकी ऐन तथा अन्य ऐनका विभिन्न दफा लगाएर कानुनी कारबाही हुँदै आएकामा वि.सं २०६३ बाट भने विद्युतीय कारोबार नियन्त्रण सम्बन्धी विशेष ऐन नै ल्याई हाल लागू भइरहेको उहाँले बताउनुभयो ।
यस ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा कानुनअनुसार ५० हजारदेखि पाँच लाखसम्म जरिवाना तथा ६ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय कसुर अपराधको मात्रा हेरी अदालतले तोक्न सक्ने कानुनी प्रावधान राखिएका छन् ।