आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा मोटरसाइकल र बस एक आपसमा ठोक्कीदा एक जना गम्भीर घाइते भएका छन् ।
काठमाडौबाट जोमसोम तर्फ जाँदै गरेको ग २ ख २१३९ नम्बरको बसमा ग १६ प ६१६४ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलका चालक सिमरा जितपुरका अलताप सलमान गम्भीर घाइते हुनुभएको हो ।
अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाका अनुसार दाना स्थित वर्कसपमा काम गर्ने सलमान गम्भीर घाइते भएको र अवस्था हेर्दा चिन्ताजनक रहेको छ ।