नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बेनी शाखाद्वारा वित्तिय साक्षरता

आदर्श सञ्चार, बागलुङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बेनी शाखाद्वारा एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–७ स्थित माउण्ट एभरेष्ट आवासीय माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान गरिएको छ ।

विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीलाई बचत गर्ने र रकमको उचित व्यवस्थापन गर्ने विषयमा साक्षरता प्रदान गरिएको छ ।
विद्यार्थीलाई अतिरिक्त शिक्षाले उनिहरुलाई आर्थिक व्यवस्थापनमा सघाउने भएकाले वित्तिय साक्षरता प्रदान गरिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बेनी शाखाका प्रबन्धक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

वित्तिय साक्षरता कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बेनी शाखाका प्रबन्धक उपेन्द्र गौतम, शाखा सन्चालन विभाग प्रमुख निर्मला आचार्य, कर्जा शाखा प्रमुख धुव्र भट्टराइले सहजीकरण गर्नुभएको थियो ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत आम्दानी, खर्च र बचत व्यवस्थापनमा सघाउने उदेश्यले विद्यार्थीलाई साक्षरता प्रदान गरिएको छ ।
कार्यक्रममा माउण्ट एभरेष्ट आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापक राजु केसी र सह–प्रधानाध्यापक धुव्र सागर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्