त्यो कालो दिनको सम्झनामा तीजको गीत

१ दुई हजार एकहत्तर साल भदौको महिना ।
रुपा गौतम हत्याकाण्ड सुन बइन । ।

२ भदौको बाह्र गते तीजको दिन परेको ।
माइतबाट घर फर्कंदा हत्या भएको । ।

३ पार्वतीको जन्मभूमि भन्छन् पाङको यो गाउँ ।
रुपा गौतम जन्मिएको हो नि यहीँ ठाउँ । ।

४ बागलुङको सिंगानामा बिबाह भई गएकी ।
घर परिवार ,समाजमा चर्चित भएकी ।।

५ व्यापार गर्न भनेर दोबिल्लामा झरेकी ।
तीजको दिन अपराधीको जालमा परेकी।।

६ माइतबाट घर फर्केकी आफ्नो पेसा धान्नलाई।
बिच बाटोमै अपराधीले मा‍¥यो उनीलाई ।।

७ तीजको दिन साँझपख एक्लै पैदल हिनेको।
भेटियो शव बोक्से खाल्डा टाउको छिनेको ।।

८अपराधीले समाएको खुकुरी त भेटियो ।
अपराधी जोगाउन प्रमाण मेटियो । ।

९आठ वर्ष पुग्यो आज उनको हत्या भएको ।
हत्यारा नै भेटिएन लुक्न गएको । ।

१० रुपा गौतम जस्ता चेली उदाहरणका पात्र हुन् ।
अपराधी पत्ता लाग्ने कुरा मात्र हुन् ।।

११ छ भन्छन् यो देशमा विधिको शासन ।
अपराधी पत्ता लाग्ने गर्छन् भाषण ।।

१२ टुहुरा भए छोराछोरी एक्लै भए श्रीमान् ।
किन उनको हत्या भयो सबै अञ्जान ।।

१३ अपराधी पत्ता लागे शान्ति पाउला आत्माले।
परिवारको रक्षा गर्नु उनै महात्माले ।।

१४ अपराधी पत्ता लागोस् भन्ने सन्देश छोडेर ।
श्रद्धाञ्जली व्यक्त गर्छु दुई हात जोडेर ।।

टीका गौतम सुवेदी
श्री नुवार सुवेदीथर मा . वि.
कु. न. पा –१ पाङ, पर्वत
मिति : २०७९/०५/१२

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *