सहकारीमा जोखिम नमोलौँ

दुर्गा कुमारी भुषाल

सहकारी शब्द हजुर, अचम्मैको रैछ
जताततै सहकारीको पैसा हजुर, कतातिर गैछ ।
सचेत बन्नु पर्छ अब हामी सबै जनता
सहकारी सदस्यको हो, लिउ सबैले मनमा ।
सहकारी राम्रो बनाउ हामी सबै लागौ
खराव मान्छे आए भने डाडै पारी कटाउ ।
ऋण लगानी गरौ हजुर जोखिमलाई नमोली
बचत गर्ने बानी गरौ, विपन्नलाई समेटी ।
ऋण दिदा विचार गरौ, शेयर जगेडा हेरी
विचार नपुगेमा हजुर धोका होला फेरी ।
ऋण दिदा व्यक्ति होइन, व्यवसाय हेरौ
सहकारीको माध्यमले जीवनस्तर फेरौ ।
सहकारीमा तरलता राख्न पर्ने रैछ
आकस्मिक घटनालाई सहयोग पुग्दो रैछ ।
दायित्व जति सबै हजुर फिर्ता गर्नु पर्छ
त्यही भएर नियम कानुन पालना गर्नु पर्छ
संरक्षित पूँजिकोष कारोबार गर्नेलाई बाड्नु पर्छ
तव मात्र शेयर सदस्यहरुको मनोवल बढ्छ
पढेपछि हुनु पर्ने पास होकी फेल
नियम कानुन नमानेमा जानु पर्ला जेल
सबैजना विचार गरौ राम्रो गरौ काम
देशभरी चलाउनुछ सहकारीको नाम
पाप लाग्ने रैछ हजुर सहकारीलाई मार्दा
भाङै खाए जस्तै भएँ हजुर, तालिम लिदै गर्दा

(सचिव, थापाथापा महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, फलेवास नगरपालिका–२, पर्वत)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *