गायनमा चुलिएको सिम्रनको चर्चा


आदर्श अनलाइन, बागलुङ

गीतसंगित क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षिय गायिका परियारले एक हप्तामै १४ वटा गीत मात्रै रेकर्ड गरिनन् अधिकांश गीतहरुले युट्युवमा चर्चा कमाएका समेत छन् ।

मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत युट्युबमामा चर्चित बनिसकेका छन् । विद्यामन्दिर माध्यामिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतले निवासी परियारको स्वरले यतिबेला सबैको ध्यानाकर्षण गराएको छ ।

युट्युवमा दिएको अन्तरवार्ताका कारण चर्चामा आउनुभएको परियार चचिएत युट्बर भोजराज थापाले गीत रेकर्डका लागि काठमाण्डौ लग्नुभएको थियो । “एक हप्तामै १४ वटा गीत रेकड गराएर पढाइलाई निरन्तरता दिन बागलुङ फर्केकी छु, अहिले तीन वटा गीत युट्वको ड्रेडिङमा छन्, अन्य पाँचवटा गीत समेत सार्वजनिक भइसकेको छ” परियारले भन्नुभयो “आफ्नो विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालय र बागलुङ नगरपालिकाले सम्मान गर्दा अतिनै खुसी छु, पढाईसंगै गायन क्षेत्रलाई अगाढी बढाउने उदेश्य छ ।” सात वटा भन्दा बढी गीत युट्युवमा सार्वजनिक हुन बाँकी रहेको छ ।

कक्षा पाँचबाटै गीत गाउन शुरुगरेपनि अहिले युट्युवमा दिएको अन्तरवार्ताका कारण चर्चापाएपछि विभिन्न सर्जकहरुले गीत आउने अवसर दिनुभएको परियारको भनाई छ ।

परियारले आफूले गीत रेकर्ड गर्ने ठूलो धोको भएकोमा भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताउनुभयो । केही दिनअघिसम्म गाउँघरमै सीमित सिम्रनको पहिलो रेकर्ड गीत ट्रेन्डिङ वानमा उक्लिएसँगै उनी झनै चर्चामा आउनुभएको छ ।

गायक प्रमोद खरेलको स्वरको ‘उसलाई पाउन २’ को फिमेल भर्सन गत शुक्रबार सार्वजनिक भएको थियो । सुनिल बीसी युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत राम्रो भ्युजका कारण ट्रेन्डिङ वानमा पुगेको हो ।

सामाजिक सञ्जाल मार्फत प्रतिभा बाहिर ल्याएर अहिले चर्चाको शिखरमा रहनुभएको गायिका सिम्रन परियारलाई गृह नगर बागलुङ नगरपालिकाले समेत रु.३० हजार नगद सहित सम्मान गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । “स्थानीयक कलाकारलाई हामीले प्रोत्साहन गर्न आवश्यक छ, उहाँलाई आर्थिक सहयोग सहित सम्मान गरिएको हो” श्रेष्ठले भन्नुभयो “बागलुङ नगरपालिकाको पहिचान बढाउन सिम्रन जस्ता गायकहरुको प्रोत्साहन गर्न आवश्यक छ ।

चर्चाको शिखरमा रहनुभएको गायिका परियारले पहिलोपटक स्टेज शो कार्यक्रम समेत गर्न सफल हुनुभएको छ । भदौं ५ गते दोस्रो हरेलो मेलामा उहाँले आफ्नो गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएपछि गायनमा आएकी उनकोे स्वरलाई धेरै दर्शक श्रोताले रुचाएका छन् । एकाएक चर्चामा आएकी सिम्रनका आधा भन्दा धेरै गीत सार्वजनिक हुन बाँकी छन् ।
“यही साउन १८ गते भोजराज थापाले मेरो अन्तरवार्त लिनुभएको थियो, उक्त भिडियो हेरेर धेरैको अफर आएको रैछ, साउन २४ गते भोजराज गीत रेकर्ड गर्नका लागि मलाई लिन बागलुङ आउनुभयो” परियाले स्मरण गर्दै भन्नुभयो “मैले गीत रेकर्ड गर्ने समना देखेको थिएपछि गीतका धेरै प्रस्तावहरु आए, १४ वटा गीत रेकर्ड गरेपछि बागलुङ फर्के, अहिले विद्यालय, बागलुङ नगरपालिकाले प्रोत्साहन गर्न थालेको छ भने स्थानीय मेलामा समेत बोलाउन थालिएको छ ।”

सिम्रनले अन्तरवार्तका क्रममा आएका ‘फूलथुङे रानी…’, ‘नाता टुट्यो पराइ भइगयो…’, ‘तिम्रो नै माया लाग्दछ साइँला…’, ‘फोटो फिरेममा…’, ‘फूलमया…’, ‘तीनपाते…’, ‘आफ्नो आफ्नो दुःख…’, ‘तिमीबिना कसले बुझ्छ र…’ बोलका गीत गाउनुभएको थियो । परियारलाई गीत गाउने पहिलो अवसरमा सुनील बिसीले दिनुभएको थियो । प्रमोद खरेलको गीत मनपर्ने बताउदै सिम्रनले प्रमोद खरेलसंगै गीत आउने अवसर पाउदा खुसी लागएको बताउनुभयो । खरेलले आफूलाई सांगितक शिक्षा लिन आग्रह गर्नुभएको सुनाउनुभयो ।

सिम्रनको गायन कलालाई निरन्तरता दिन आवश्यक रहेको आफुले सुझाएको सिम्रनको विद्यालयका प्रधानध्यापक छविरमण रेग्मीले बताउनुभयो । रेग्मीले परियारको प्रोत्साहनका लागि विद्यालयका एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *