अब्बल र मागदर्शक नीति पहिल्याउन चुक्यौ कि तिमी

याम बहादुर थापा मगर
भन्छन सबैले मुल नीतिको पनि नीति हौ तिमी
राजनीतिशास्त्रको अध्येयता हौ तिमी राजनीति
मुल नीति भित्रका कुटनीति,शिक्षा नीति र अर्थनीतिले
आम जनताहरुको मनोभावनामा गहिरो छाप पार्न छोडेको हो कि
भन्छन सुल्टो तर गर्छन उल्टो राजनीति शास्त्रको अध्ययन नपुगेर हो कि
बन नीति बन्छन तर घर बनाउन रुख काटन नपाउने
शिक्षा नीति बन्छन तर विद्यालयमा विद्यार्थी नहुने
कृषि नीति बन्छन तर बाँझो जग्गा बढेर आयात गरेर खानुपर्ने

उद्योग नीति बन्छन तर उद्योगका सामानहरु खपट हुदैन
वाणिज्य नीति बन्छ तर व्यापार घाटामा मोलिनु पर्ने
कुटनीति र परराष्ट्र नीति हुदा हुदै सिमानाहरु मिचिएको छ ।
लाग्दछ कि मलाई राजनीतिका सिद्धान्तहरुले खिस्सी गरी रहेको छ ।
जीवनस्तरमाहुने मापनका इकाइहरुमा अभिवृद्धि नहुदाँ खेरी
लगातार एउटै नीति र कार्यक्रम लागु गर्दा
राजनीति प्रतिको सोचाइमा अभिसाषको भावना जन्मेको छ ।
युवा नीतिको सोच अनुसारको प्रतिफल हासिल नहुँदा ।
बाल अधिकार,महिला, अपागं र वृद्धहरुका नीतिले

बदल्नु पर्ने मानव जीवन शैली बदलेन कि?
हुनुपर्ने र आवश्यकता पहिचान गर्नुपर्ने परिवर्तन गरेन कि ?
मार्गदर्शक नीति बनी अरु सहायक नीतिलाई नेतृत्व गरेन कि ?
समय त वर्ष, दशक र तिसौ वर्ष बिती सक्यो ।
राजनीतिको सिकाइ,भोगाइ,गराइ र उपलब्धी विचमा
तरतम्य मिलेन कि के हो ?
अब्बल नीतिको अनुभुति आम रुपमा भएन कि ?
हतार हतारमा लतपटको काम भएको जस्तो छ कि ?

शब्द बाक्यमा आकाशका जुन तारा झरेका छन ।
गाउँ घरमा खाना नाना र छाना नभएर रोइ रहेका छन ।
गरिबीको प्रतिशत सोह्र प्रतिशत रहेको तथ्याकलाई
आम नेपालीहरुको आखाँमा छारो हालेर मिथ्याक बनेको छ ।
किनकी यत्र तत्र सर्वत्र गरिबीका कारणले
दुखद घटनाका समाचारहरु मात्र सुनि रहन विवश छौ ।
त्यसैले भोको पेटलाई खाना दिने नीति बनाउ
धनीलाई झन धनी बनाउने नीतिलाई तिरस्कार गरेर
भोका नाङगाहरुलाई मुस्कान दिने नीति बनाऔ ।

अब्बल नीति बनाउने राजनीतिले
जनजनको मुटु र धडकनमा बास बस्ने गरी
मार्गदर्शक र दिशानिर्देश गर्ने नीति बनेर
दास र खास मानिसका लागि बनेर नआऔ
सिगो राष्ट्रका लागि सर्वहितकारी बनेर
फोहोरी खेल र चक्रव्यहुको भुमरी बनेर नआऔ

फोहोरी खेलको आरोपलाई खण्डन गर्नका लागि
तर्क वितर्कहरु वैज्ञानिक तथ्यका आधारमा लागि परी
आधुनिक समाज निर्माणका लागि राजनीति तिमी
समुन्नत र समृद्धिको सपना सार्थकता प्रदान गरी
हम्रै पालामा समृद्धि हुने गरी नीति बुन्ने गरी
राजनीति तिमी आऊको लागि धेरै बेला बिती सकेको छ ।
नीति बुनी देशको मुहार फेर्न
धेरै समयको ढिला भएकोले
कतै राजनीति चुक्यौ कि ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *