सहकारी जोगाउन सदस्यलाई सहकारी शिक्षा : गौतम

निम्न आयस्तर भएका जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिने भएतापनि सहकारीमा वचत कम र फिर्ता बढी हुन थालेको अवस्था बढ्दो छ । सहकारी संस्थालाई पछिल्लो समय हेर्ने दृष्टिकोण परिर्वतन हुन थालेका छन् । तरलता अवभावलाई न्यूनिकरण गर्नका लागि सहकारीले विभिन्न योजनाहरु पनि बनाई रहेका पनि छन् । म्याग्दीको बेनी नगरपालिका–८ न्यूरोडमा कार्यालय रहेको मुक्तिनाथ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष लिलाराम गौतमसँग अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादीत अंशः

तपाईंको संस्थामा तरलताको अवस्था कस्तो छ ?
समग्रतामा हेर्ने हो भने प्रश्नमा भनिए जस्तै अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नै आर्थिक मन्दीको जर्जरताले सहकारीको होस् वा बैक तथा वित्तिय संस्थाको व्यालेन्स सिट घट्दो अवस्थामा छन् । बैंक तथा वित्तिय संस्थाहरु अत्तालिएका छन् भन्दा फरक नपर्ला । यो अवस्थाले गर्दा कर्मचारी तनावमा छन् । लक्ष्य हासिल गर्न सक्ने अवस्थामा कोही पनि छैन् ।

तथापी मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको जानकारी गराउनु पर्दा हाम्रो असार मसान्तको व्यालेन्स सिटमा १०% तरलता थियो यो तलरतालाई अहिले बृद्धी गरी १३.५% पु¥याउन सफलता मिलेको छ आर्थिक वर्षको अन्तमा यसलाई १५% भन्दा बढी गराउने हाम्रो लक्ष्य रहेको छ । अन्य सहकारीको अवस्था समस्यालाई पनि हामी विश्लेषणात्मक तरिकाले हेरेका छौ । त्यसको असरले हामीलाई प्रभाव पारेको छन् । कुनै पनि समस्या नआएका भनिएका केही थोरै सहकारीले आफ्नो अवस्थालाई व्यवस्थीत गर्न नसकेको कारणले गर्दा समग्र सहकारी आन्दोलनकै बदनाम गर्न खोजिएको अवस्था हो ।

तथापी त्यसलाई हामी गम्भीरताका साथ सदस्यलाई बुझाउन धेरै समय खर्चनु परेको छ । शेयर सदस्यको प्रयास, सञ्चालक समितिको सक्रियता र कर्मचारीको जिम्मेवारीका कारण हाम्रो संस्थामा तरलता अहिले सम्म थेगी रहेको अवस्था हो ।

ऋण लगानीलाई कसरी व्यवस्थापन गर्नु भएको छ ?
यो समय संस्थालाई पुरै व्याकपमा राखेर कार्य गर्ने समय हो ऋण लगानी गर्न निर्णय भएका फाईल हामिकहाँ छैनन् । वर्तमान अवस्थाको मुल्याङ्कन गरी हामीले ऋण लगानी गर्न निर्णय गर्ने सदस्यलाई अल्मलाउने कुनै कार्य गरेका छैनौं । बचतको रेसियोलाई हेरेर हामी लगानीको कार्य योजना गराउने गर्दछौं । हामीले वर्तमान वस्तु स्थितिलाई मध्ये नजर गरी असुली भएको व्याज र ऋणको अवस्था विश्लेषण गरि तरलताको सन्तुलन हेरी सदस्यको वास्तविक समस्यालाई अध्ययन गरि साना साना लगानी प्रथामिकतामा राखेर कार्य गरेको अवस्था हो । लगानीलाई हामीले रोकेका छैनौं, तर आवश्यकता हो होइन भन्ने हेरेर कसैलाई लगानी नगर्न चाँही पक्कै पनि सकिन्छ ।

सहकारीमा समस्या आएको खण्डमा बाहिर निस्कनका लागि के गर्न सकिएला ?
सर्व प्रथमत शहकारीमा सदस्यलाई जागरुप गराउने हो । सबै सहकारी खराब छैनन् बोरामा २÷४ दाना आलु विग्रदैमा सबै आलु फाल्ने होईन विग्रेका आलु झिकेर फाल्ने हो । सहकारी शिक्षा तालीम सदस्यको भावनालाई बुझ्ने प्रयत्न गर्ने हो । सञ्चालक इमान्दार हुने हो । सहकारीका सदस्यलाई ऋण नतिर्दा हुने बेफाइदा जस्तै कालो सुचिमा पर्न सक्ने, धितो लिलाम हुन सक्ने, सामाजिक प्रतिष्ठा गुम्ने कानुनी कार्यको बारेमाा समेत जानकारी गराउने गरेका छौं ।

त्यस्तै नियमित कार्य गर्न नपाउने जस्ता कुराहरु ऋणी सदस्यलाई बुझाउने र सहकारीमा बचत गर्दा हुने फाईदा संरक्षीत पूजी फिर्ता कोषबाट प्राप्त हुने थप मुनाफा आफै मालिक भएर कार्य गर्न पाउने अवसर, विना झञ्झट कारोबार गर्न सकिने व्याजदर धेरै प्राप्त हुने लगायतका कुराहरु सदस्यलाई बुझाउने हो भने सहकारीलाई तरलता अभावबाट समस्या हुन्छ जस्तो मलाई लाग्दैन यसबाट बाहिर निस्कन माथीका विधी अवलम्वन गर्ने नै हो ।

सहकारीमा शेयर सदस्य ओदानमा ३ वटा खुट्टाको जति महत्व छ त्यसै गरी संस्थाका तीन पाटालाई व्यवस्थित, क्रियाशिल गराएर लैजादा सहकारीको अवस्थालाई सुधार अवश्य गर्न सकिन्छ कर्मचारी, सञ्चालक ओदान जस्तै भएर ३ वटा भुमिकामा रहेर सहकारी सञ्चालन गर्नु पर्दछ । कर्मचारी, सञ्चालक समिति र शेयर सदस्य ओदानका तीन खुट्टा हुन् उनीहरु कोही कमजोर हुनासाथ सबै ढल्छ त्यसैले सबै मजबुत हुने हो भने कुनै समस्या हुँदैन ।

व्याजदर हेरफेर कसरी गर्नुहुन्छ ? लगानी भै सकेको कर्जामा पनि व्याजदर हेरफेर हुन्छ कि हुँदैन ?
सहकारीलाई नेपाल सरकार सहकारी विभागले १६% को बेसरेट तोकि दिएको छ । हामी त्यही रेट भित्र रहेर लगानी गरेका छौं । त्यस भन्दा माथी हामी लगानी गर्न सक्दैनौ गर्न पनि हँुदैन । हामीले १६% भित्र व्याजदरमा समय अवस्था अनुरुप परिवर्तन गर्ने गरेका छौं । बैंक वित्तिय संस्थाहरुले जसरी मासिक रुपमा परिवर्तन गर्ने व्याजदर बढाउने प्रवृती छ त्यो हामी कहाँ छैन् बैंकको मासिक दररेट फेरबदलको कारण गर्दा हाम्रो माग राज्य÷सहकारी विभागले समय सापेक्ष तबरले बेसरेट फेरबदल गरिदियोस् भन्ने हाम्रो माग हो । सहकारी राज्यले गरेका नीति नियम अभिलम्ब पालना गर्न कटीबद्ध रहेका छन् ।

सहकारी क्षेत्रको सुधारका लागि के गर्नुपर्ला ?
सहकारी क्षेत्रको सुधारका लागि प्रथमत सहकारीमा संचालक जिम्मेवार र जवाफदेही हुन जरुरी छ । सहकारीको अहिलेको नारा ‘सहकारीको दिगोपनका लागि स्वनियम र शुसासन’ महत्वपूर्ण कडी हो त्यसलाई कडाईका साथ लागु गर्ने, आफ्नो क्षमतामा विश्वास गर्ने अर्काको बारेमा गलत प्रचार नगर्ने, सकारात्मक सोच गराउने, वार्षिक कार्ययोजना गराई सदस्यलाई कार्यक्रम र लक्ष्य योजनाका बारेमा शिक्षा दिने सम्बन्धित निकायले पनि ३ खम्वे अर्थनीतिको आधारमाथि रचनात्मक सुझाव सल्लाह अनुगमन शिक्षा लगायतका कुरालाई ध्यान दिने, सचेतना जगाउने हो भन्ने सहकारीको मर्म भावनालाई बुझेर सदस्य केन्द्रित भएर कारोबार गर्ने संस्थाले प्रदान गर्ने संरक्षित पूँजी फिर्ता कोषको बारेमा जानकारी गराउने संस्थाका कारोवार, संस्थाको जगेडा कोष, संस्थाका व्यालेन्स सिट ऋण लगानीको अवस्था बचतको अवस्था लगायतका विविध विषयहरुलाई बुझाउन सक्ने हो भने सहकारीलाई अहिलेको यो अवस्थाबाट पार लगाउन सहजै सकिन्छ भन्ने मेरो बुझाई हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *