पर्वत पहिरो अपडेट : मृत्यु हुनेको सख्या ६ पुग्यो

बागलुङ ।
पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति भाषण पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ३ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले जानकरी दिनुभयो ।

नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा उद्धार भइरहेको अधिकारीको भनाई छ ।

पहिरोमा परि घरमा रहेका पशुचौपायासमेत मरेका छन् । पहिरो झण्डै तीन सय मिटर भन्दा माथिबाट खसेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *