तमानखोलामा ५ शैयाको अस्पताल शिलान्यास

आदर्श अनलाइन, बागलुङ
तमानखोला गाउँपालिका ५ शैयाको आधारभूत अस्पताल शिलान्यास भएको छ । अस्पतालको शिलन्यास गर्दै गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले तमानखोलामा बिस्तारै विकासले गति लिन थालेको बताउनुभयो ।

गाउँपालिकाले सबै वडामा स्वास्थ्यको पहुँच पुराएको र त्यसलाई थप गुणस्तरी र व्यवस्थित गर्दै जाने बताउनुभयो ।

गाउँपालिकामा बन्न लागेको अस्पताल निमार्ण पश्चात यहाँका नागरिकहरुलाई स्वास्थ्य उपचारको लागि खर्च गरेर टाढा जान नपर्ने भन्दै कसैले पनि उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनभुयो ।

मंसिर १५ गते अस्पतालको शिलान्यस गर्ने भनिए पनि जग्गा व्यवस्थापनमा ढिलाई हुँदा आज गरिएको गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माणका लागि केन्द्र सरकारले ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकामा सोमबार नै कोभिड १९ अस्थाई अस्पतालको उद्घाटन गरिएको छ । बोङगोदाभन स्वास्थ्य चौकीमा रहने गरी कोभिड १९ अस्थाई अस्पतालको उद्धघाटन गरिएको छ ।

कार्यक्रम तमानखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष थमबहादुर रोकाको अध्यक्षता, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रभात लामिछाने, वडा नम्बर ३ का अध्यक्ष हिराबहादुर सिर्पाली, ६ का अध्यक्ष कुलबहादुर छन्त्याल, नेपाली काँग्रेस तमानखोला गाउँपालिका सभापती खगेन्द्रमान पुन, नव आगन्तुक एमविविएस डाक्टर दिलिप जोसी लगाएतले बोलेका थिए । कार्यक्रम गाउँपालिकाका स्वास्थ्य संयोजक चित्र छन्त्यालले सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *