व्यावसायिक अध्ययनमा मासिक छात्रवृत्ति दिदै बागलुङ नगर

–आदर्श अनलाइन, बागलुङ

जिल्लाको बागलुङ नगरपालिकाले जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि मासिक रुपमा व्यावसायिक छात्रावृत्ति उपलव्ध गराउन थालेको छ ।

नगरपालिकाले व्यावसायिक रुपमा अध्ययन गर्न थालेका तर आर्थिक अवस्था कमजोर रहेकालाई शैक्षिक रुपमा सहयोग गर्नका लागि ‘गोविन्द अधिकारी व्यावसायिक छात्रावृत्ति’ कार्यक्रम ल्याएको छ ।
तीन वर्ष अघिदेखिनै नीति तथा कार्यक्रममा राखेको उक्त कार्यक्रम कार्यविधि बनाएर गत वर्षदेखि वितरण गर्ने भने पनि कोरोनाका कारण यस वर्षदेखि वितरण गर्न थालेको बागलुङ नगरपालिकाले जनाएको छ ।

नगरपलिकाले सामुदायिक विद्यालय तथा प्राविधिक धारमा अध्ययनरत २७ विद्यार्थीलाई मासिक छात्रावृत्ति उपलव्ध गराउन थालेको छ । व्यावसायिक अध्ययनमा सहयोग पु¥याउनका लागि कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई मासिक एक हजार र कक्षा ११ र १२ र डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक रु.२ हजारका दरले छात्रावृत्ति उपलव्ध गराउन थालिएको छ ।

आगामी दिनमा विद्यार्थीको बैंक खातामै चौमासिक रुपमा छात्रवृत्ति भुक्तानी गर्ने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “बागलुङका पूर्व सांसद स्वर्गिय गोविन्द अधिकारीको सम्मानमा नगरपालिकाले जेहेन्दर विपन्न विद्यार्थीको पठन पाठनमा सहयोग गर्ने अभिप्रायले तीन वर्ष अघिदेखि कार्यक्रम ल्याएको हो ।

यसले यस वर्षबाट सार्थकता पाएको छ, कार्यविधी बनाउन समय लाग्यो र लगत्तै कोरोना कहर भएकाले ढिलै भए पनि छात्रावृत्ति वितरण गर्न थालेका छौं,” १२ पास गर्ने विद्यार्थी छात्रावृत्तिको सूचिबाट घट्ने र ८ पास गरेको विद्यार्थी कार्यविधि अनुसार छनोटमा पर्नेछन्, संख्यात्मक रुपमा आगामी वर्ष विद्यार्थीको संख्या बढ्दै जाने छ ।”

नगरपालिका भित्रका सामुदायिक तथा प्राविधिक धारमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीले उक्त छात्रावृत्ति पाउनेछन् । जसबाट भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।

छात्रावृत्ति पाउँदा आफूलाई अध्ययनमा धेरै सहयोग पुग्ने धौलागिरी प्राविधक प्रतिष्ठानमा प्राविधक धारमा एचए अध्ययनरत संरचना विकले जानकारी दिनुभयो ।

मंगलबार संघीय सांसद मन कुमारी केसी, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल तथा स्वर्गिय गोविन्द अधिकारीका श्रीमती भिमा अधिकारी लगायतले २७ विद्यार्थीलाई छात्रावृत्ति वितरण गरी शुभारम्भ गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *