नेकपा एमाले काठेखोलाले दियो मतदातालाई धन्यवाद

रोहन जि.सी., बागलुङ
नेकपा एमाले काठेखोला गाउँपालिका कमिटिले स्थानीय तह निर्वाचन २०७९ मा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । कमिटिको बिहीवार सम्पन्न चुनावी समिक्षा वैठकले नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिने निर्णय गरेको हो ।

एमालेले काठेखोला गाउँपालिकामा डिल बहादुर कार्कीलाई अध्यक्ष र कोपिला पुनलाई उपाध्यक्ष सहित ८ वटै वडामा आफ्नो सेट उमेदवार बनाएको थियो ।

अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा उमेदवारी दिएको एमालेले वडा नंं २, ३ र ७ मा मात्रै विजय प्राप्त गरेको छ । मुख्य रुपमा गठबन्धनका कारण एमालेले निर्वाचनमा विजय हासिल गर्न सकेनौ, पालिका अध्यक्ष तथा अध्यक्ष पदका उमेदवार डिल बहादुर कार्कीले भन्नुभयो–‘गठबन्धन बाहेक कतिपय वडामा आन्तरिक समस्या, राज्य सत्ताको चरम दुरुपयोग, वडा नं. ४ मा गठबन्धनबाट बुथ क्याप्चर, व्यापक रुपमा आर्थिक चलखेल पनि चुनावमा पराजित हुनुका कारण रहेको निष्कर्ष वैठकले निकाले छ ।’

पार्टीका नेता तथा कार्यकर्ताहरुले चुनावी अभियानका क्रममा भएका गतिविधिका बारेमा जानकारी गराउदै काठेखोला गाउँपालिकामा प्राविधिक रुपमा चुनावमा पराजित भए पनि एमालेको पक्षमा जनमत बढेको निष्कर्ष वैठकले निकालेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा समेत मिलेर एमालेले अध्यक्ष सहित ५ वटा वडा र राजमोले उपाध्यक्ष जितेका थियौ, पालिका अध्यक्ष कार्कीले भन्नुभयो–‘चार वटा दल मिलेर अघिल्लो पटक हामीले जित्यौ, यसपटक गठबन्धन भएका कारण हामी पराजित भयौ ।

मतसंख्याका आधारमा गठबन्धनमा रहेका दलहरुको भन्दा एमालेको मत कम हुनु, चुनावमा हुने विभिन्न खाले षडयन्त्रलाई चिर्न नसक्नु, आफ्नै कतिपय नेता कार्यकर्ताको भूमिका शंकास्पद हुनु, गठबन्धनका दलहरुले बुथ क्याप्चरदेखि सत्ताको चरम दुरुपयोग गर्नु जस्ता कारणले प्राविधिक रुपमा जित निकाल्न नसकिए पनि जनमतका हिसावले काठेखोलामा एमाले अहिले पनि पहिलो पार्टी रहेको कार्कीको भनाइ छ ।

चुनावी समिक्षा वैठकमा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले एमालेका विरुद्ध भएको चौतर्फी घेरावन्दीका बावजुुुद पनि काठेखोलामा पार्टीका उमेदवारहरुले पाएको मत उल्लेख्य रहेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी सच्याउदै आगामी प्रदेश र संघीय निर्वाचनमा विजयी प्राप्त गर्न आजैदेखि सक्रिय भएर लाग्न उहाँले नेता कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्यहरु डिल्लीराज गौतम, हुमा कुमारी जिसी (अञ्जु), कुल बहादुर विक, बालकृष्ण कंडेल, प्रदेश कमिटि सदस्य तथा केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष अमर बहादुर थापा, जिल्ला सचिवालय सदस्य चित्रकला छन्त्याल श्रीस, जिल्ला सदस्य तथा उपाध्यक्षका उमेदवार कोपिला पुन, जिल्ला सदस्य प्रेम केसी, जिल्ला सदस्य रन बहादुर थापा, युवा नेता चन्द्र कुमार पुन,पालिका सचिवालय सदस्य याम बहादुर कार्की, वडा नं. ८ का पार्टी अध्यक्ष डम्बरसिह घर्ति, वडा नं. ६ का पार्टी अध्यक्ष थानेश्वर कंडेल, वडा नं. ५ का पार्टी अध्यक्ष हिरालाल सापकोटा, जनप्रतिनिधि दिपेन्द्र खत्री (हनुमान), जनप्रतिनिधि डम्बर बहादुर थापा (यज्ञ) लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।

चुनावी समिक्षा वैठक पार्टीका पालिका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, उपसचिव तिलक खड्काको स्वागत र सचिवालय सदस्य बेल बहादुर जिसीको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *