चित्रबहादुर केसीको चुनावी खर्च १८ लाख १४ हजार

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमाेर्चाका अध्यक्ष तथा संघीय सांसद चित्रबहादुर केसीले चुनावी खर्चको सार्वजनिक गर्नु भएको छ । आइतबार पत्रकार सम्मेलन गरि गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्नु भएको हो ।

केसीले चुनावमा १८ लाख १४ हजार रुपैयाँ खर्च गरेको उहाँका निर्वाचन प्रतिनिधि थानेश्वर पाध्याले जानकारी दिनुभयो । केसीको सबैभन्दा बढी खर्च सवारी साधान भाडा तथा इन्धनमा भएको देखिन्छ । यसमा आठ लाख ६० हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख छ ।

प्रचारप्रसार सामग्रीमा दुई लाख १० हजार, कार्यालय संचालनमा दुई लाख, प्रतिनिधि परिचालनमा दुई लाख पचास हजार, मतदाता नामावली खरि, छपाईमा ९० हजार, सामग्री ढुवानीमा २० हजार, प्रचारप्रसार ४० हजार र विविधमा एक लाख ३४ हजार खर्च भएको बताइएको छ ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *