गण्डकी प्रदेशको राजधानी बाहिर पहिलोपटक सिटिस्क्यान सेवा


खेमराज गौतम, बागलुङ

धौलागिरी अस्पताल बागलुङमा धौलागिरीमा पहिलोपटक सिटिस्क्यान सेवा शुरु भएको छ ।
गत साउनमा भित्रिएको सिटिस्क्यान उपकरणले शुक्रबारदेखि सेवा दिन थालेको हो ।
सरकारी मातहतको अस्पतालमा गण्डकी प्रदेशको राजधानी बाहिर पहिलोपटक धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवा शुरु भएको हो ।

सिटिस्क्यान सेवाको शुक्रबार गण्डकी प्रदेश सकारका सामाजिक विकास तथा स्वास्थ मन्त्री शुसिला सिंखडा शुभारम्भ गर्नुभएको हो । शुभारम्भ पछि बौल्दै स्वास्थ्यमन्त्री सिंखडाले गण्डकी प्रदेश सरकार स्वास्थ्य क्षेत्रको सेवा विस्तारमा निरन्तर लागि परेको बताउनुभयो ।

सिटिस्क्यान उपकरणले प्रदेश राजधानी बाहिर समेत सिटिस्क्यानको सेवा दिदा धौलागिरीको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई सहज हुने छ ।



गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९/८० मा रु. १० करोड बजेट बिनियोजन गरको थियो । धौलागिरी अस्पतालले ग्लोबल टेन्डर मार्फत खरिद गरेको सिटिस्क्यान गर्ने उपकरण धौलागिरी अस्पतालमा जडान गरेर सेवा दिन थालिएको हो ।
विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्ने उदेश्यले गण्डकी प्रदेश सरकारको गत वर्षको बजेटमा खरिद गरिएको सिटिस्क्यान उपकरणलाई सन्ज्ञालनमा लिएर सेवा थप गरिएको धौलागिरी अस्पतालमा मेडिकल सुपरीटेन्डेण्ट डा. रवि रन्जन प्रधानले जानकारी दिनुभयो ।

कुनै समय रिफर सेन्टरको रुपमा रहेको धौलागिरी अस्पतालमा अहिले १७ जना विशेषज्ञ चिकित्सकद्वारा विभिन्न विभागीय रुपमै विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छन् ।



धौलागिरी अस्पताललाई स्तरोन्नती गरी गण्डकी प्रदेश सरकारले २०० शैयाको उप–प्रादेशिक अस्पताल बनाउने योजना अन्र्तगत उक्त सिटिस्क्यान सेवा थप गरेको हो ।

पछिल्लो समय धौलागिरी अस्पतालले दैनिक ४०० देखि ५०० विरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएकोमा सिटिस्क्यान गर्न र जटिल प्रकारका समस्यालाई मात्र पोखरा रिफर गर्नुपर्ने अवस्थामा सिटिस्क्यान सेवा सुचारु भएपछि रिफर दर अझै घटेर जाने धौलागिरी अस्पतालमा मेडिकल सुपरीटेन्डेण्ट डा. रवि रन्जन प्रधानले जानकारी दिनुभयो ।

“गण्डकी प्रदेश बाहिरको सरकारी अस्पतालमा पहिलो सिटिस्क्यान सेवा प्रदान गर्न शुरु गरेका छौं, अस्पतालले ग्लोबल टेन्डर मार्फत चिनबाट उपकरण भित्राएको थियो” डा. प्रधानले भन्नुभयो “अब सिटिस्क्यान गर्न पोखरा काठमाण्डौ जानु पर्दैन ।



लामो समयको प्रयासपछि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश राजधानी बाहिर सिटिस्क्यान राख्न सफल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । १७ जना विशेषज्ञ, १० जना मेडिकल अधिकृतबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले चिकित्सक थपिदा अस्पतालमा उपचारका लागि आउने नागकिहरुलाई पोखरा धाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहज भइरहेको छ ।

२३ दरबन्दी रहेको अस्पतालमा दरबन्दी र छात्रावृतिका १७ विशेषज्ञ र १० जना मेडिकल अधिकृत गरी २७ जना चिकित्सक कार्यरत रहेका छन् । अस्पतालमा इमरजेन्सी, प्रसुती, ओपिडी लगायत २४ वटा विभागनै पूर्ण रुपमा सञ्चालनमा आएको प्रमुख डा.प्रधानले जानकारी दिनुभयो । अस्पतालमा अहिले आइसियु र एनआईसीयु जस्ता महत्वपूर्ण सेवा समेत प्रदान भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *