बरेङको किसिमकोट साुमदायिक वनमा आगलागी : विद्यालय र बस्ती जोखिममा

आदर्श अनलाइन, बागलुङ
बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा भिषण आगलागी भएको छ । आज दिउसो १२ बजेदेखि किसिमकोट सामुदायिक वनमा आगलागी हुँदा बाटाकाचौर स्थित सारदा माध्यविक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेको छ ।

बेग्र गतिमा हावाहुरी चलेको हुँदा आगो बस्ती र विद्यालयमा पुग्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । प्रहरी, स्थानीय, विद्यार्थीहरु जम्मा भएर आगो निमाउने प्रयास गरे पनि हावाहुरीका करण निभाउन नसकिएको अध्यक्ष शर्माको भनाइ छ ।

मान्द्रेढुङ्गाबाट सुरु भएको आगो यति बेला सारदा मावि बाटाकाचौर नजिकै पुगेको भन्दै नियन्त्रण गर्न नसके विद्यालय र बस्तीमा पुग्न सक्ने उहाँले बताउनुभयो । आगो नियन्त्रणमा ल्याउनका लागि थप प्रहरी आवश्यक परेको अध्यक्ष शर्मा बताउनुहुन्छ । हावाहुरी नरोकिए नियन्त्रणमा लिन संभव नरहेको उहाँको भनाइ छ ।

“भिषण रुपमा लागलागी भएको छ, गाउँवासी सबै नागरिक आएर आगो निभाउने प्रयास गरि रहेका छौँ तर ठूलो हावाहुरी चलेको हुँदा नियन्त्रणमा लिन सकिएको छैन, आगो बाटाकाचौरको सारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती नजिकै पुग्न थालेको छ,” अध्यक्ष शर्माले भन्नुभयो – “आगलागी नियन्त्रणमा लागि प्रहरीको टोली पनि आएको छ, थप आउने क्रममा रहेको जानकारी पाएका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *