मध्यरातमा कार पर्खाल फोडेर मालपोत कार्यालय छिरेपछि…..


आदर्श अनलाइन, बागलुङ
मध्यरातमा बागलुङ बजारमा कार दुर्घटनामा परेको छ । बाघ चोकदेखि समिक्षलयचोक तर्फ आउदै गरेको कार पर्खाल फोडेर मालपोत कार्यालय भित्र पुगेर दुर्घटना भएको थियो ।

गयराती ११ः ५५ बजे मालपोत कार्यालयको पर्खालमा ठोक्किएको बागमती प्रदेश १–२८ च ८००० नम्बरको कार पर्खाल फोडेर कार्यालय भित्र पसेको थियो । दुर्घटनमा कारमा ठूलो क्षति भएपनि मानवीय क्षति हुन पाएको छैन ।

कार अनियन्त्रित र ओभर स्पिडका कारण पर्खालमा ठोक्किन पुगेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । कार घुम्ती नमोडी सिधै मालपोत कार्यालयको पर्खाल फोडेर भित्र पुगेको थियो ।

कार चालक बागलुङ नगरपालिका–१ रामरेखा निवासी मुस्कान बोहोरा र कारमा सवार सवारीधनी रोशन सापकोटा सकुसल रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरिक्षक दिपक बाबु केसीले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक केसीका अनुसार कारमा सवार दुईजनाकै धौलागिरी अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *