एमाले बागलुङ जिल्ला अधिवेशनमा ६३७ प्रतिनिधि सहभागी हुँदै

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङले जिल्ला अधिबेशनको तयारीलाई तिबता दिएको छ । आगमी चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुने १० औं जिल्ला अधिवेशनमा ६३७ प्रतिनिधि सहभागी हुने नेकपा एमाले बागलुङले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

चैत्र १५ गते नेकपा एमाले सचिवालय बैठकले पार्टी अधिवेशनका लागि जिम्मेवार फाडफाँड समेत गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । अधिवेशनपूर्व एमाले कार्यकर्ता र शुभेच्छुकहरुलाई तयार गर्न पार्टी नेताहरु वडादेखि टोल तहसम्म पुगिसकेको बताउदै अधिवेशनको तयारीमा पार्टी लागेको छ ।

नयाँ नेतृत्व चयन गर्ने अधिवेशका लागि प्रतिनिधि छनौट मापदण्ड तयार गरिएको एमाले अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो । केसीका अनुसार खुल्ला सदस्यका लागि १५ पार्टी सदस्य बराबर एक प्रतिनिधि, अल्पसंख्याक ५ बराबर १ प्रतिनिधि, दलित सदस्यका लागि ७ बराबर १ प्रतिनिधि वडा तहबाट छनौट भएर आउने मापदण्ड तयार गरिएको बताउनुभयो ।

यस्तै जनसंगठन मध्यबाट अनुसुचि १ मा पर्ने जनसंगठनबाट २ र अनुसुचि २ मा पर्ने जनसंगठनबाट १ जना प्रतिनिधि आउने व्यवस्था मिलाइएको छ । जिल्लाको समावेशी प्रतिनिधित्वलाई ख्याल गर्दै १ जना प्रतिनिधि हुँदा खुल्ला, प्रत्येक ३ मा १ जना महिला अनिवार्य, प्रत्येक ४ मा ४० वर्ष मुनिको युवा अनिवार्य र २ जना मात्र प्रतिनिधि हुँने हकमा १ जना महिला अनिवार्य प्रतिनिधि हुँने व्यवस्था मिलाईएको छ ।
जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु १३७ जना र पदेन सदस्यको रुपमा पालिका कमिटिका अध्यक्षहरु प्रतिनिधिका रुपमा रहनेछन् ।

दशौं जिल्ला अधिवेशनमा आउने ६३७ प्रतिनिधिमध्ये बागलुङ नगरपालिकाबाट १११, काठेखोला गाउँपालिकाबाट १०१, जैमिनी नगरपालिकाबाट ४९, बरेङ गाउँपालिकाबाट २६, गलकोट नगरपालिकाबाट ३६, ताराखोला गाउँपालिकाबाट १७, बडिगाड गाउँपालिकाबा ४३, ढोरपाटन नगरपालिकाबाट ४१, तमानखोला गाउँपालिकाबाट १४ र निसीखोला गाउँपालिबाट २२ जना प्रतिनिधिको रुपमा खुल्ला, अल्पसंख्यक र दलित वर्गमा प्रतिनिधि आउने छन् । यस्तै जनवर्गीय संगठनबाट ३१ जना प्रतिनिधि आउने भएका छन् । सहभागी जम्मा प्रतिनिधि मध्ये दलित प्रतिनिधि १३०, अल्पसंख्याक प्रतिनिधि ५५ खुल्ला प्रतिनिधि २७४, जनसंगठन ३१ र आयोजक १४७ गरी जम्मा ६३७ प्रतिनिधि निर्वाचनमा सहभागी हुने एमाले बागलुङले जनाएको छ ।


अधिवेशनलाई भव्य बनाउनका लागि १२ उपसमिति गठन गरिएको छ । प्रतिवेदन लेखन, आर्थिक प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, खाद्यय तथा आवास, हल व्यवस्थापन लगायतका उपसमिति गठन गरिएको छ ।


यस्तै डा. डिल्लिराज उपाध्ययको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
अधिवेशन सम्पन्न गर्नको लागि प्रतिनिधिहरुबाट एक हजार ५ सय (दलित र अल्पसंख्यको हकमा एक हजार), र सबै पार्टी सदस्यहरुबाट एक सय, जिल्ला कमिटिका पदाधीकारी १० हजार, सचिवालय सदस्यबाट ५ हजार, जिल्ला कमिटिका लागि तीन हजारका दरले आर्थिक दायत्व निर्धारण गरिएको अध्यक्ष केसीले बताउनुभयो । प्रतिनिधि छनौटका लागि ८५ वटै वडा र जनवर्गिय संगठनको एकाईमा चैत २१ गते एक साथ प्रतिनिधि छनोट गरिनेछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुँनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *