ढोरपाटन र निसीखोलामा ३० घरबास संचालन गरिने

डम्मर बुढा मगर, बागलुङ
पर्यटन प्रवद्र्धनका लागि बागलुङको दुई पालिकामा ३० घरबास (होम–स्टे) संचालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास संचालन गरिने भएको हो । दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा बिवाइसी बागलुङको साझेदारी घरबास संचालन गर्न थालेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताउनुभयो ।

युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भर बनाउन र व्यवस्थित रुपमा व्यवसायिक घरबास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्यले यो अभियान थालिएको उहाँको भनाइ छ । पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा संचालित पाँच घरबास संचालकलाई दुई लाख ८० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको अर्यालले बताउनुभयो । ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० वटा घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको संयोजक अर्यालको भनाइ छ ।

हाल संचालनमा रहेका घरबासलाई व्यवस्थित गराउने र युवालाई प्रत्यक्ष रोजगारसँग जोड्ने कामको सुरुवात गरेको अर्याल बताउनुहुन्छ । घरबासमा आवश्यक पर्ने लत्ता कपडादेखि बिस्तरा, कुर्ची, टेबल, ग्यास सेट लगायत विभिन्न ४० प्रकारका सामग्री हस्तान्तरण गरिएको छ । संचालकलाई विभिन्न तालिममार्फत घरबास विषयमा विज्ञ बनाउने र दिगो रुपमा अगाडि बढ़ने गरी कार्यक्रम तय गरिएको उहाँ बताउनुहुन्छ । यस वर्षको पौष १५ सम्म १७ वटा र त्यसपछि १३ वटा घरबास संचालनमा ल्याउने अर्यालले जानकारी दिनुभयो । पहिलो चरणमा ८५ लाख लगानी लगानी गर्न थालेको उहाँको भनाइ छ ।

“घरबास संचालन गर्न रुची राख्ने युवा, उद्यमी र महिलालाई हामीहरुले सहयोग गर्छौँ, वडा कार्यालयले सिफासिर गरेका व्यक्ति हुनु पर्ने छ, एउटा घरबासका लागि २ लाख ८० हजार रुपैयाँसम्म सहयग हुन्छ, अहिले तत्काल संचालन हुँदै आएको ढोरपाटनका पाँच घरबास संचालकलाई सहयोग गरेका छौँ” कार्यक्रम संयोजक अर्यालले भन्नुभयो – “अब छिट्टै अन्य उद्यमीहरुलाई पनि हुन्छ, खस गरि ‘इको टुरिजम’का लागि यो कार्यक्रम गर्न थालेका हौँ ।”

युवालाई गाउँमै रोजगारीको सृजना गराई व्यवसायिक बनाउन १५० जनाको लागि फरकफरक कार्यक्रम सञ्चालनसमेत गरिने भएको छ । युवाहरूलाई होटल म्यानेजमेन्ट, टुरिस्ट गाइड, बेकरी कफी बनाउने लगायतका तालिमको माध्यमबाट सीप सिकाई आयआर्जनसँग जोडिने छ । ढोरपाटन नगरपालिका कार्यवाहक नगर प्रमुख धन बहादुर कायतले यस क्षेत्रको पर्यटन प्रर्वद्धन, स्वरोजगार सिर्जना र घरबास सञ्चालन व्यवस्थापनमार्फत पर्यटन प्रर्वद्धनका हुनुका साथै धेरै युवाले रोजगार बपाउने बताउनुभयो । ढोरपाटन र निसीखोलामा थुप्रै संभावना हुँदा हुँदै पनि पछाडि परेको भन्दै अब विभिन्न संघ संस्थासँग सहकार्य गरेर विकासको गति बढाउने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *