अस्थिर राजनीति समृद्धिको बाधक : उपप्रधानमन्त्री यादव

आदर्श अनलाइन, दोहा कतार
उप–प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालमा जारी अस्थिर राजनीति समृद्धिको बाधक भएको बताउनुभएको छ ।

अमेरिकामा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा कतारको भ्रमणमा रहेका मन्त्रीको स्वागतमा आइतबार राती गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले नेपाल आफैमा अल्पविकसित देश भएकोले स्रोत साधनमा कमि भएको र लामो समय देखी अस्थिर राजनीतिले अपेक्षाकृत विकास हुन नसकेको बताउनुभयो ।

नेपालमा केहि भएको छैन खत्तम भयो भन्ने बुझाई गलत भएको भन्दै मन्त्री यादवले नेपालमा पछिल्लो केहि बर्षमा सडक यातायात, सन्चार, प्रविधि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा ठूलो परिवर्तन भएको बताउनुभयो ।

लामो समय सम्म एउटा ब्यबस्था भएका देशमा ब्यबस्था परिवर्तन भएपछि स्थिरता आउन केही लाग्नु स्वभाविक भएपनि नेपालमा सत्ता र शक्तिको टसलले केन्द्र सरकार पतिवर्तन संगै प्रदेश सरकार देखि बिदेशी कुटनैतिक नियोगमा सम्म परिवर्तन हुनु गलत रहेको बताउनुभयो ।
नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले धानेको र त्यसको मुख्य आधार प्रमुख गन्तव्य रहेको खाडी क्षेत्र नै भएकोले सरकारले सदैव बिदेशमा रहेका श्रमिकको सम्मान गर्ने गरेको बताउनुभयो । कार्यक्रममा उठेका प्रश्न र जिज्ञासा समसामहिक र सान्दर्भिक रहेको भन्दै तिनलाई सम्बोधन गर्न सक्दो पहल गर्ने बताउनुभयो ।

पहिला भन्दा बिदेश रहेका कामदारको अवस्था केही सुधार भएपनी वैदेशिक रोजगारीमा अधिकास अद्क्ष कामदारको रुपमा जादा धेरै दुख पाएको देखिएकोले कुनै नै कुनै सीप सिकाएर दक्ष कामदारको रुपमा बाहिर पठाउनुपर्ने बताउनुभयो ।

सबै रोगको निशुल्क उपचार गर्न तत्काल सम्भव नभएपनी सरकारले दिर्घरोग लागेका बिरामीलाई उपचार निशुल्क तथा सहुलियत देखी ९८ प्रकारका औसधि निशुल्क प्रदान गर्दे आएको भन्दै यादवले बिमाको माध्यम बाट नै सबैलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने सरकारको योजना रहेको बताउनुभयो ।

कार्यक्रममा कतारको लागि नेपाली राजदुत डा. नरेश बिक्रम ढकालले भर्खरै सम्पन्न कतारका अमिरको भ्रमण एतिहासिक र उपलब्धि रहेको बताउनुभयो ।

राजदुत ढकालले दुई देश बीच भएको उच्च स्तरीय सम्झदारीले नेपालको हितमा काम गर्ने धेरै अवसर खुलेको बताउनुभयो ।

श्रमिक संग सम्बन्धित केही बुदामा छलफल जारी रहेकोले त्यो सम्झौता पनि निकट भबिस्यमा हुने भन्दै ढकालले हाल भएका सम्झदारी र सम्झौता कार्यन्वयनको लागि आफू इमान्दार भएर लागिरहेको बताउनुभयो । ठूलो संख्यामा नेपाली कामदार रहेको दूतावासमा कर्मचारी अभाव लगाएतले काम गर्न काठिनाई रहेको भन्दै सम्बोधनको लागि पहल गर्न मन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा एन आर एन अभियानता एवं कतारका लागि पर्यटन प्रवर्द्धक आरके शर्मा , नेपाली जन सम्पर्क समिती कतारका उप–सभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मन्च कतारका कार्यबाहक अध्यक्ष अफसर अली खान, नेपाली जनप्रगतीशील मन्च कतारका कार्यबाहक अध्यक्ष प्रकाश आले मगर, प्रवासी नेपाली एकता समाज (पानस) कतारका अध्यक्ष तिलक श्रेष्ठ, नेपाली समाज कतारका चन्द्र वीर यादव, गैरआवासीय मधेसी संघ कतारका सचिव राम सुमन यादव, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ, आदिवासी जनजाती महासंघ कतारका वरिष्ठ उपाध्यक्ष भाईकाजी गुरुङ, नेपाली महिला समाज कतारका अध्यक्ष माया केसी र मधेस प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेख लगाएतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीले दुई बर्षको श्रम स्वीकृति गर्दा तीन बर्षको बिमा गर्नुपर्ने, स्वास्थ्य बिमा प्रभावकारी नबनेको, बिदेशमा गम्भीर बिरामी भएका बिरामीलाई नेपाल फिर्ता गरि र सुविधा सम्पन्न श्रमिक अस्पताल सन्चालन गर्नुपर्ने लगाएत स्वास्थ्य मन्त्रालय तथा समसामयिक विषयमा प्रश्न एवं जिज्ञासा् राखेका थिए ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष कृष्ण पन्थीले र सहजीकरण सचिव सन्तोष क्षत्रीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *