बाख्राले दिएको खुशी

आदर्श अनलाइन
बागलुङ

दश वर्ष रोजगारीका शिलशिलामा भारत बसेर राम्रो कमाई नभई घर आउनुभएका बानपा ११ रायडाँडाका ४७ वर्षिय नवीन केसी अहिले गाउँमै व्यावसायिक बाख्रापालनमा सक्रिय हुनुहुन्छ ।

५ वर्ष पहिले ४ ओटा बाख्राबाट शुरु गरेको बाख्रापालन व्यवसाय अहिले उहाँको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको छ । भारतबाट निराश भएर फर्केका बागलुङ नगरपालिका–११ रायडाँडाका के.सीले विदेशमा भन्दा स्वदेशमानै मेहनत गर्नुपर्ने निचोड निकालेर तीन वर्ष पहिला नविन बाख्रा फर्म दर्ता गरी बाख्रापालन शुरु गनुृभएको थियो ।

प्राविधिकरुपमा जानकारी नलिई के.सीले फर्म विस्तारका लागि लेकबाट ल्याएका ५२ बोका बाख्रा हावा पानी नमिलेका कारण मरे । ठूलो लगानी डुबाएका केसीले ऋण धन गरेर पुनः बाख्रापालनमा फर्किएका मात्र छैनन् जिल्लाकै सफल बाख्रापालकका रुपमा परिचित भइसक्नुभएको छ । ‘प्राविधि ज्ञान नहुँदा ठूलो नोक्सानी बेहोर्नुपरो’ के.सीले भन्नुभयो ‘विदेश जानुभन्दा स्वदेशमानै दुःख गर्ने निचोडका साथ निरन्तर बाख्रापालनमा होमिए, अहिले सन्तुष्ट छु ।’

के.सीको फर्ममा अहिले १०५ बाख्रा तथा बोका र पाठा रहेका छन् । बाख्रा पालनका लागि उत्कृष्ट रहेको रायडा“डा गाउ“मा चरन क्षेत्र प्रश्स्त भएका कारण पछिल्लो समय बाख्रापालन फस्टाउन थालेको के.सीले जानकारी दिनुभयो । के.सीलाई श्रीमती रेणुकाले सघाउदै आउनु भएको छ भने दुई जनालाई मासिक १० हजार तलव दिएर रोजगारी प्रदान गर्नुभएको छ । बाख्रापालनका लागि उत्कृष्ट स्थानका रुपमा रहेको रायडा“डामा फस्टाउदो बाख्रापालन देखेर अन्य युवाहरु समेत बाख्रापानमा आर्कषित हुनथालेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार प्रसस्त चरण क्षेत्र रहेको रायडा“डालाई बाख्रा पालनमा अगाडि बढाउने नगरपालिकाको योजना समेत रहेको छ ।

चरणको अभाव छैन बाख्रा पालक के.सीले भन्नुभयो ‘आफ्नो १०० रोपनी पाखोले नपुगेर थप १५० रोपनी जग्गालाई वार्षिक रु.एक लाख भाडा तिर्नेगरी ल्याएको छु ।’ खरी क्रस २५ प्रतिशत बोयर जातका बाख्रा पाल्दै आउनुभएको नविनले दाना खुवाएर हुर्काएका भन्दा चरण क्षेत्रमा हुर्केका बोकाको मासु स्वादिष्ट हुने भन्दै घरमै बोका किन्नेको भीड लाग्ने गरेको बताउनुहुन्छ । बाख्रापालनमा हाल सम्म १२ लाख लगानी गरेका नविनले केही समय घाटा समेत व्यहोर्नुभयो । ‘अहिले ऋणको किस्ता तिर्ने भए, घाटा हु“दा समेत लगानी गरे,’ उहा“ले भन्नुभयो ‘बल्ल अहिले राम्रो कमाई हुन थालेको छ ।’

प्रशस्त चरण क्षेत्र भएका कारण बाख्रापालनमा धेरै खर्च नलाग्ने भन्दै नविनले थोरै लगानीमा धेरै आम्दानि गर्न सकिने बताउनुहुन्छ । उनको खोरमा ५५ ब्याउने माउबाख्रा रहेका छन् । विहान देखि वेलुका सम्म सुत्केरी तथा विरामी बाख्रा वाहेक सबै पाखोमा चर्नेहुनाले हुर्काउन कम खर्च लागेको के.सी वताउनुहुन्छ । आफ्नो फर्मलाई पशु अस्पताल तथा भेटेनेररीविज्ञ केन्द्र बागलुङ र गण्डकी प्रदेश सरकारबाट खोर व्यवस्थापनका लागि अनुदानमा स्विकृत भएको थापाले जानकारी दिनुभयो ।
उहाँले खोरलाई आधुनिक शैलिमा निर्माण गरी बाख्रापालन व्यवसायलाई विस्तार गरी करिब ३०० बोका बाख्रा पु¥याउने लक्ष्या रहेको सुनाउनुभयो । ‘हिम्मत हारिन, ऋणमा डुबेर पनि निरन्नतर बाख्रापालनमा लाए,’ के.सीले भन्नुभयो ‘आफूमा प्राविधिक ज्ञान समेत भयो, वार्षिक तीन देखि चारलाख सम्म बचत गर्ने अवस्था आयो ।’ उत्पादन भएको खसी बोका केही घरबाटै बिक्रि हुने केही सदरमुकामका मासु पसलले साझै लैजाने उहाँले बताउनुभयो । उत्पादन गर्न सके व्यापारको चिन्ता नभएको भन्दै नविन किसानले मेहनत गरे स्वदेशमानै कमाई हुने बताउनुभयो । के.सीले बाख्रापालन संगसंगै व्यावसायिक टर्नेलमा तरकाली खेती गर्दै आउनुभएको छ भने अहिले हाइटेक प्रविधिको टर्नेल स्थापना गर्न थाल्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *