आदर्श सञ्चार सहकारीद्वारा अनलाइन शुरु

आदर्श अनलाइन
बागलुङ

दैनिक र साप्ताहिक पत्रिकाका साथै धौलागिरी टेलिभिजनमा साझेदारी गरेको आदर्श सञ्चार सहकारी संस्था बागलुङले शनिवार डिजिटल पत्रिका (अनलाइन) शुरु गरेको छ ।
संस्थाद्धारा सञ्चालित आदर्श सञ्चार डट कमको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा मगरले वेब साइडको लग अन गरेर शुभारम्भ गर्नुभयो । संस्थाको १३ औं बार्षिक साधारणसभाका अवसर अनलाइन शुभारम्भ गर्दै अध्यक्ष थापाले अनलाइन र युट्युव पत्रकारितामा बिकृति मौलाएको बताउनुभयो । ‘आदर्श सञ्चार अनलाइनको सम्पादकीय नीति र आगमनको उद्धेश्यबारे पढे, राम्रो लाग्यो,’ थापाले भन्नुभयो, ‘अहिले अनलाइनका नाममा देखिएका बिकृत पत्रकारितामा यसले राम्रो सन्देश र पाठ हुने गरि अघि बढाउन जरुरी छ ।’
संस्थाका सम्पादक रामबहादुर जिसीले आदर्श सञ्चार अनलाइनलाई प्रदेश स्तरिय बनाएर सञ्चालन गरिने बताउनुभयो । ‘पत्रिका हामी जिल्लाका सबै स्थानीय तहसम्म केन्द्रित गरेर सञ्चालन गर्छौ,’ जिसीले भन्नुभयो, ‘अनलाइनसँगै सहकारीको गण्डकी प्रदेशको राजधानी पोखरामा पनि शाखा कार्यालय सञ्चालन गरेर अघि बढ्ने योजनामा छौ ।

यो पनि पढ्नुहोस्

2 thoughts on “आदर्श सञ्चार सहकारीद्वारा अनलाइन शुरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *