‘भद्रगोल’ डिसलाइक पछि अब ‘सक्किगोनि’

आदर्श सञ्चार अनलाइन
नेपाली हाँस्य टेलिसिरियल क्रमशः चर्चा र बिवादको घेरामा पर्दै आएको छ ।

चर्चित हाँस्य श्रृखंला तितो सत्य र मेरी बास्सदै अहिले बन्द छ भने नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको ‘भद्रगोल’ सिरियल अहिले नयाँ टिम सहित आइरहेको छ । पुरानो टिम बाहिरिएपछि नयाँ टिम राखेर मिडिया हबले ‘भद्रगोल’ प्रशारण गरेको छ । तर यो सुपर फ्लप जस्तो भएको छ । युट्युवमा लाइक भन्दा दोब्बर बढी डिसलाई आएको छ । पुरानो ‘भद्रगोल’ टिमले नयाँ नाममा नेपाल टेलिभिजनमै नयाँ शो ल्याउने भएको छ । बिहिबार बेलुकी ८ः५० को समयमा प्रशारण हुन लागेको नयाँ शोको नाम ‘सक्किगोनि’ राखिएको छ ।

नयाँ शैली र नयाँ प्रस्तुतिमा शो प्रशारण गर्न लागिएको निर्माण टिमले बताएको छ । सार्वजनिक नयाँ टिम सहितको ‘भद्रगोल’लाई दर्शकले रुचाएका छैनन् । ‘सक्किगोनि’ सिरियल आएपछि दर्शकको पुरानो ‘भद्रगोल’ टिमलाई हेर्ने चाहेको रुपमा बुझिएको छ । ‘सक्किगोनि’मा अर्जुन घिमिरे, कुमार कट्टेल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल दिपक आचार्य लगायतका कलाकारलाई देख्न सकिन्छ ।

मिडिया हवसँग कुरा नमिलेपछि आफूहरुले नयाँ शो सुरु गर्न वाध्य भएको टिमले बताएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *