वाइ वाइ अन्तर मावि नृत्यमा अमर आदर्श प्रथम

आदर्श अनलाइन/बागलुङ

जिल्ला सदरमुकाममा जारी जेसीज सप्ताहको चौथो दिन मंगलवार वाइवाइ अन्तर माध्यमिक विद्यालय नृत्य प्रतियोगिता गरिएको छ ।

प्रतियोगितामा अमर आदर्श आवासीय मावि बागलुङले प्रथम स्थान हासिल गर्न सफल भएको छ । जिल्लाका १३ बिद्यालयका बिद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा न्यू एभरेष्ट एकेडेमी द्वितिय, चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल तृतिय र कालिगण्डकी आवासिय माध्यमिक बिद्यालयले सान्त्वना स्थान हासिल गरेका छन् ।

बिद्यार्थीहरुमा रहेको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले सप्ताहका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक साधना पन्तले बताउनुभयो । प्रतियोगिताको उद्घाटन बागलुङ जेसिसका पूर्व अध्यक्ष तथा राधा कृष्ण मन्दिरका अध्यक्ष रमेशकुमार राजभण्डारीले गर्नुभयो । जेसीज सप्ताहका बारेमा मुल संयोजक आकृति भण्डारीले प्रकाश पार्नुभएको कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष एञ्जिल शाक्यको अध्यक्षता र संयोजक साधना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *