प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः कसैले भने अनुसार होइन, कानुनले भने अनुसार गर्नुस्

आदर्श अनलाइन, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्नका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

६४ औं प्रहरी दिवशका अवसरमा प्रहरी प्रधान कार्यलयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अपराधमा संलग्न जो सुकैलाई पनि कानुनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिनुभएको छ । “गैरकानुनी काम गर्ने जुनसुकै पार्टीको र जुनसुकै पदको भए पनि अनुसन्धानको दायरामा ल्याउनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुले अरु कसैले भने अनुसार होइन, कानुनले भने अनुसार काम गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले समाजमा प्रहरीको बहुआयामिक भूमिका हुने बताउनुभएको छ “समाजमा शान्ती कायम गर्न,सुशासन कायम गर्न,सामाजिक जनचेतना जगाउन प्रहरीको खास भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाल प्रहरीकै कारणले समाजमा शान्ती कायम भएको,अपराध घटेको छ ।”

प्रधानमन्त्री ओलीले देशमा राजनीतिक संघर्षको यूग सकिएर विकास र समृद्धिको युग सुरु भएको स्मरण गर्दै यसबेला विभिन्न बहानामा समाजमा हिंसा भड्काउन खोज्नेहरुसँग सरकार मुकदर्शक नबन्ने बताउनुभएको छ । “आर्थिक उन्नती र विकासको अभियान सुरु भएको यस समयमा गलत मनशायका साथ हिंसाको बाटो मा लागेका र जनतालाई शान्तीसँग बस्न नदिनेहरु असंैवधानिक र देशद्रोही हुन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “उनीहरुका अगाडी सरकार मुकदर्शक बन्दैन । कानुन बमोजिम कार्यवाही हुन्छ ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको बार्षिक प्रकाशन ‘पुलिस मिरर –२०७६’ विमोचन गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *