पहिरोले सुनगाभा अफसेट प्रेसमा क्षति

रोहन जि.सी. बागलुङ

गए रातिको अविरल वर्षा सँगै घरको पछिल्लो भाग भत्किदाँ बागलुङ बजार स्थित एक अफसेट प्रेसमा क्षति पुगेको छ ।

लामो समयदेखि बागलुङ नगरपालिका वडा नं. ३, सिर्जनाटोलमा सञ्चालित सुनगाभा अफ्सेट प्रेसको पछिल्लो भागमा खसेको पहिरोले ब्लकको वाल समेत भत्केको प्रेसका सञ्चालक टेकबहादुर क्षत्रीले जानकारी दिनुभयो । यद्यपी, सोही अफसेटमा उनका छोरा सुतेको कोठा तर्फको भाग भने भाग्यवस भत्किएन । क्षत्री दम्पति भने पुरानो चलचित्र हल नजिकैको आफ्नै घरमा बस्दै आएका छन् ।

पहिरोबाट छपाईका लागि प्रयोग हुने मेसिनमा आंशिक क्षति पुगेको छ । साथै प्रेसका सामग्री समेत क्षतिग्रस्त बनेको प्रेसका सञ्चालक क्षेत्रीले बताउनुभयो । पहिरोमा पुरिएर प्रेसको करिव ६ लाख बराबरको सम्पति नष्ट भएको क्षत्रीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *