वनको अत्याधिक उपयोगबाटै समृद्धि आउँछ : सांसद के.सी

आदर्श अनलाइन, बागलुङ
पारिवारिक निजी वन सम्बन्धी बागलुङ नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघीय सांसद मन कुमारी केसीले वनको अत्याधिक उपयोग बाटनै समृद्धि आउने बताउनुभएको छ ।

वनलाई घाँस दाउरामा मात्रै सिमित नगरी बहुआयामिक फाइदा लिनुपर्ने बताउदै संघीय सांसद के.सीले खेरगएको जडीबुटी बिक्रिबाटै लाखौं आम्दानी गर्न सकिने बताउनुभयो ।

‘हामीले वनलाई घाँसपातका लागि मात्रै चिन्यो’ सांसद के.सीले भन्नुभयो ‘वनमा पाइने जडीबुटी र काठको सही निकासी गर्न सकेमा नेपालीलाई आर्य आर्जनको प्रमुख स्रोत हुँन सक्दछ ।’ पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बागलुङको आयोजनामा अन्तरक्रिया सम्पन्न गरिएको हो ।

कार्यक्रममा निजी वनबाट लिन सकिने फाईदा महत्व, चुनौती र अवसरका विषयमा पारिवारिक निजी वनका केन्द्रिय सदस्य प्रेम लामिछानेले सहजीकरण गर्नुभएको थियो । उहाँले पारिवारिक निजी वनमा उत्पादन भएको वन पैदावरको पैठारिका लागि कानूनको लचकता आवश्यक रहेको बताउनुभएको छ । लामिछानेले वनमा पाइने जडीबुटीलाई घरमा समेत नर्सरी स्थापना गर्न सकिने भन्दै वैज्ञानिक तरिकारले जडीबुटीको खेतीगर्न सकिने बताउनुभयो ।

कार्यक्रममा डिभिजन वन अधिकृत मुकुन्द अधिकारी, गैर सरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष हरी प्रसाद शर्माको अध्यक्षता, तुल्सी रेग्मीको स्वागत तथा वैकुण्ड प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *