जैमिनीका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ

बलेवा सेवा समाज जापानले जैमिनीका पहिरो पीडित नगद राहत रकम हस्तान्तरण गरेको छ । संघीय सांसद डा. सुर्य पाठकले बलेवा सेवा समाज जापानको तर्फवाट संकलन गरिएको रु. ३ लाख ३७ हजार नगद राहत रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर हस्तान्तरण गर्नुभएको हो ।

वलेवा सेवा समाज जापानले स्वतस्फूर्त रुपमा जापानमा संकलन गरेको उक्त रकम जैमिनी नगरपालिका–१ टुनीबोट र सोही नगरपालिका–५ विनामारेका पहिरोमा परी मृतुभएका परिवार र पहिरोवाट घरमा क्षति भई विस्थापित भएको परिवारलाई नगद राहत हस्तान्तरण गरिएको हो । भदौं २८ र २९ गते अविरल वर्षातका कारण गएको पहिरोले घर पुरिदा टुनिबोटमा दुई जनाको मृत्यु र ६ परिवार विस्थापित र विनामारेमा एक जनाको मृत्यु भएको थियो ।

पहिरोमा परी टुनीबोटमा मृत्यु भएका लक्ष्मीदेवि शर्मा र हरीकृष्ण शर्माको परिवार र विनामारेमा मृत्युभएको जालपादेवि शर्माको परिवार गरी जम्मा तीन जना पहिरो पीडितका परिवारलाई रु.३५ हजारका दरले, विस्थापित ६ परिवारलाई रु. ३२ हजारका दरले र पहिरोमा परी अभिभावक गुमाएका नावालक ५ जनाका दरले रु. ८ हजारका दरले गरी जम्मा रु. तीन लाख ३७ हजार वितरण गरेको स्थानीय विद्यालय जैमिनी प्राथमिक विद्यालयका प्रधानध्यापक ऋषिराम पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *