बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा म्याग्देली चेली

आदर्श अनलाइन, बेनी

बिबिसीले सन् २०२० को १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा नेपालकी १९ वर्षीया सपना रोका मगर परेकी छिन्।

म्याग्दीमा जन्मेकी सपना बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्।

बिबिसीले प्रत्येक वर्ष बिबिसी १०० विमिनु कार्यक्रम अन्तर्गत महिला केन्द्रित समाचारलाई विशेष महत्वका साथ प्रकाशित गर्छ। यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम प्रकाशित गर्ने गरेको छ।

बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *