स्यानीमायाः जसलाई केही घण्टामै दुई लाख बढी पटक हेरियो

आदर्श अनलाइन, बागलुङ

लोकप्रिय गायक तथा सर्जक वसन्त थापा र चन्द्रा सुवेदी (आमा)को नयाँ गीत स्यानीमायाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै दुई लाख भन्दा बढी पटक हेरिसकिएको छ । उसो त वसन्त थापाको लोकलयमा आधारित गीत सालको पात टपरी हुनी, उहीँ खोलीमा पानी उहीँ खोलिमा माछा…लगायतका दर्जनौ गीतले करोड क्लब प्रवेश गरिसकेको सुन्दर रेकर्ड छ ।

नेपाली मौलिक रत्यौली भाकामा रहेको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । चन्द्रा सुवेदी र थापाको शव्द संगीतमा रहेको गीत लोकलयमा आधारित मौलिक भएको भन्दै धेरै श्रोता दर्शकले प्रशंसा गरेका छन् । गायनमा सुवेदीलाई सुनिता बुढा र जमुना कंडेलले साथ दिएकी छिन् भने ज्योति मगरको इन्ट्रो भोकल छ ।

गायक तथा सर्जक थापाले नेपाली मौलिक लोक गीत संगीत सिर्जनाका क्रममा यो एक अर्को कोशेली भएको बताएका छन् । नेपाली संगीतमा मौलिक गीतमा सिर्जनामा विशेष दखल राख्दै आएका थापाले सुवेदीको कला क्षमता देखे पछि आफै काठमाण्डौं बोलाएर गीत रेकर्ड गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा गायक थापा, मोडेल दुर्गेश थापा,ओवी रायमाझी, दिपासा विसी, विना विश्वकर्मा, युनिसा खत्री लगायतको नाँच र अभिनय छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *