प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’ लाई १५ दिनमै एक करोड भ्यूज

आदर्श अनलाइन,बागलुङ

दुई साता अघि मात्रै सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको निरन्तर शीर्ष स्थानमा रहँदै करोड क्लब प्रवेश गरेको छ ।

‘प्रकाश सपुत’ युट्युब च्यानलबाट साउन अन्तिम साताको शुक्रबार सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले शनिवार सम्म १ करोड ९९ हजार बढी ‘भ्युज’ बटुलिसकेको छ ।

गीतका सर्जक प्रकाश सपुतले भिडियो सार्वजनिक भएको दुई सातामै निरन्तर युट्युब ट्रेन्डिङको नम्बर १ मा रहँदै करोड क्लबमा स्थान पाउनु सुखद अनुभूति भएको बताए । ‘मेरा पहिलेका गीतहरु राम्रै रुचाइएको थियो, अहिलेको गीतले सोही अनुसार मन जित्न सक्छ कि सक्दैन भन्ने मनमा डर थियो,’ सपुतले भने, ‘सार्वजनिक भएको १३ घण्टा भित्रै युट्युवको ट्रेन्डिङ १ मा आउन सफल, २४ घण्टा भित्रै १० लाख भन्दा बढी भ्यूज पायो, १५ दिनमै १ करोड पटक भन्दा बढी हेरियो, हाम्रो टीम खुसीले गदगद छौ ।’ निरन्तर युट्युव ट्रेन्डिङको शीर्ष स्थानमै रहेर १ करोड बढी भ्यूज पाउनु अर्को सुखद इतिहास र अनुभव मिलेको उनले बताए ।

गायक तथा सर्जक प्रकाश सपुतको रचना र सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका छन् । भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ । अभिनेत्रीद्वय खड्का र शर्मालाई मुख्य पात्रका रूपमा प्रस्तुत गरिएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ ‘दोहोरी ब्याटल’ लगायतका गीत चर्चित छन् । गीतको म्युजिक भिडियो लिंक तल छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *