राष्ट्रिय भूमि आयाेगकाे उपाध्यक्षमा बागलुङका खड्का

आदर्श अनलाइन, बागलुङ
सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ । केशव निरौलाकाे अध्यक्ष रहेकाे आयाेगमा बागलुङ सिगानाका नहेन्द्र खड्कालाई उपाध्यक्षमा नियुक्त गरेकोछ ।
मन्त्री परिषदकाे निर्णयले उहाँलाइ नियुक्ति गरेकाे हाे ।

निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारले देवी ज्ञवालीको अध्यक्षतामा सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको थियो । तर, शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा सो आयोग खारेज गरेको थियो ।

बागलुङ सिगाना स्थाइ ठेगाना भएका उपाध्यक्ष खड्का नेपाल किसान महासंघ (क्रान्तिकाका) विदेश विभाग प्रमुख हुनुहुन्छ । आयोग र अन्य पदाधिकारीका विषयमा अहिले धेरै जानकारी नभएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । उनी नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *